Friday, April 26, 2024
Homeराजनीतिविद्युतको सास्ती कहिलेसम्म

विद्युतको सास्ती कहिलेसम्म

- Advertisement -spot_img

विद्युत उपभोक्ताहरुले अहिले विद्युतबाट सास्ती पाइरहेका छन् । तुलसीपुर क्षेत्रमा भइरहेको विद्युत अनियमित, अघोषित रूपमा भइरहेको विद्युत लोडसेडिङ, लोभोल्टेजले आम उपभोक्ताहरूलाई सास्ती दिइरहेको छ । विद्युतमा देखिएको अनियमितले विद्युत उपभोग गर्ने सबैमा सास्ती बढ्दै गएको छ । जसका कारण विद्युतबाट सञ्चालन गरी उपकरणहरु कलकारखाना, मेसिनरी चिजहरूमा प्रत्यक्ष असर देखिएको छ । सास्ती बढेपछि उपभोक्ताहरूसमेत सुधारको माग गर्दै दबावमूलक गतिविधिमा लाग्न थालेका छन् ।

मावन जीवनको एउटा महत्वपूर्ण अंगजस्तै बनेको छ विद्युत । यो गर्मीमा झन सहपाटीजस्तै छ । विद्युत कटौतीमा अनियमित रूपमा हुन थालेपछि उपभोक्ताको कार्यशैलीमा समेत असर परिरहेको छ । अब विद्युत प्राधिकरण यसमा जिम्मेवार भएर नियमित रूपमा विद्युत दिनुपर्छ । अहिले आम उपभोक्ताले पाएको सास्तीलाई हटाउन प्रयास गर्नुपर्छ । आफ्नो कार्यमा गैरजिम्मेवार हैन विद्युत प्राधिकरण जिम्मेवार बन्नुपर्छ । भने सास्तीलाई हटाउने उपाउको खोजी पनि सँगसँगै गर्न जरुरी छ ।


लोडसेडिङमुक्त देश घोषणा भइसकेको अवस्थामा पनि दाङमा झन बढेको महसुस भएको छ । विद्युतले सबैलाई हैरान बनाएको छ । यसमा विद्युतका सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिएको छ । प्रत्यक्षरूपमा जोडिएको र अरूलाई असर पर्ने कुनै काम वा निर्णय गर्दा सबैभन्दा पहले सम्बन्धित पक्षलाई पूर्व सूचना दिनु अनिवार्य हुन्छ । तर यहाँ सूचना विना अनियमित रूपमा महिनौदेखि विद्युत काटिने र लामो समयसम्म पनि नआउने भइरहेको छ । सूचना भएमा पूर्वतयारी गर्ने र त्यो अनुसार कार्य सञ्चालनको योजना बनाउन सजिलो हुने भएपनि सूचनाविना विद्युत प्राधिकरणले झ्याप्प–झयाप्प गरेर एकघण्टाको समयमा पटक– पटक विद्युत लाइन काट्दा उपभोक्ताहरु मारमा परिरहेका छन् । अनियमित रूपमा काटिने विद्युुतले प्रत्यक्षरूपमा सञ्चार गृह, उद्योग, कलकारखाना, विद्युतबाट आफ्नो काम गर्ने ब्यवसायी र साइबरहरू मारमा छन् । विनाकारण अघोषित विद्युत अवरुद्ध हुन थालेपछि दाङलगायत सल्यान, रूकुममा समेत यस्तो समस्याले हैरान पारेको छ । अवस्थाको अन्त्य गरेर नियमित रूपमा विद्युत आपूर्तिका लागि सम्बन्धित निकाय जिम्मेवार बन्न सक्नुपर्छ । तत्काल यो समस्या समाधान गरे उपभोक्तालाई सास्ती हैन सुविधा दिनु सक्नुपर्छ ।
मावन जीवनको एउटा महत्वपूर्ण अंगजस्तै बनेको छ विद्युत । यो गर्मीमा झन सहपाटीजस्तै छ । विद्युत कटौतीमा अनियमित रूपमा हुन थालेपछि उपभोक्ताको कार्यशैलीमा समेत असर परिरहेको छ । अब विद्युत प्राधिकरण यसमा जिम्मेवार भएर नियमित रूपमा विद्युत दिनुपर्छ । अहिले आम उपभोक्ताले पाएको सास्तीलाई हटाउन प्रयास गर्नुपर्छ । आफ्नो कार्यमा गैरजिम्मेवार हैन विद्युत प्राधिकरण जिम्मेवार बन्नुपर्छ । भने सास्तीलाई हटाउने उपाउको खोजी पनि सँगसँगै गर्न जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here