Thursday, April 25, 2024
Homeमुख्य खबरविद्यालयका प्रयोगविहीन शौचालय

विद्यालयका प्रयोगविहीन शौचालय

- Advertisement -spot_img

सल्यान, २१ माघ । बनगाड कुपिण्डे नगरपालिकाको सरस्वती आधारभूत विद्यालय लाखरमा कक्षा ८ मा अध्ययनरत मनकुमारी पुनले विद्यालयमा शौचालय प्रयोगविहीन भएपछि पठनपाठनमा समस्या भएको बताइन् ।
विद्यालयको शौचालयमा पानीको अभावले प्रयोगविहीन बनेछि विद्यार्थीले जथाभावी दिसापिसाब गर्दा विद्यालय आसपासको क्षेत्रसमेत दुर्गन्धित हुन थालेको छ ।
गीता विकले महिनावारी भएको बेला अधिकांश दिनमा पढाइ छुट्ने गरेको बताइन् । ‘आफूहरू महिनावारी भएको बेला शौचालय नहुँदा समस्या हुने गरेको छ’ उनले भनिन् ‘अन्य ठाउँका विद्यालयमा निःशुल्क प्याड वितरण भईरहेको समयमा हामीले विद्यालयमा शौचालयको समेत प्रयोग गर्न सकिरहेका छैनौं ।’
यस्तै अर्का छात्र राजकुमार रानाले विद्यालयमा शौचालय नहुँदा बालबालिका कक्षा छाडेर विद्यालय नजिकैका घरका शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउछन् ।
विद्यालय नजिकै रहेका घरमा कोही नभएको समयमा जाने गरेको बताउँदै उनले अधिकांश विद्यार्थी जङ्गलमै गएर दिशा पिसाब गर्ने गरेको दुखेसो पोख्नुभयो ।
यसरी शौचालयको अभावमा विद्यालयमा पठनपाठनसमेत प्रभावित बनेको छ । उनीहरू मात्रै हैन यस नगरपालिकामा रहेका ६५ सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयका शौचालयमा पानी अभावका कारण समस्या हुने गरेको छ ।
पानी अभावका कारण नगरभित्रका करिब ३५ विद्यालयका शौचालय प्रयोगविहीन बनेपछि अधिकांश विद्यार्थीलाई खुलामा शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।
पानी अभावका कारण विद्यालयमा रहेका शौचालय प्रयोगविहीन हुँदा नगरभरिका करिव चार हजार विद्यार्थी प्रभावित बनेका भैरवी निम्न मावि देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए ।
उनका अनुसार विद्यालयको शौचालय तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । विद्यार्थीका लागि पिउने पानी ल्याउनसमेत आधा घण्टा टाढाको मुहानमा जानुपर्ने बाध्यता रहेको उनले बताए ।
सिद्धेश्वरी माविको समस्या पनि उस्तै छ । यस विद्यालयका प्रधानाध्यापक थुमन केसीका गाउँमा नै खानेपानी अभाव हुँदा विद्यार्थीलाई खुला शौच गर्न पठाउनुपर्ने बाध्यता रहेको छ ।
‘कहिले जङ्गलमा त कहिले आफन्तका घरका शौचालयमा जानुपर्ने बाध्यताले पठनपाठन समेत प्रभावित हुने गरेको उनले बताए ।
पानीको अभावमा अधिकांश विद्यालयका शौचालय लामो समयदेखि दुर्गन्धित बनेको कृष्ण मावि, संग्रहरीका प्रधानाध्यापक मोहनकुमार रोकायले गुनासो गरे ।
खानेपानी अभावका कारण विद्यालयमा अन्य सरसफाईका काममा पनि बाधा परेको उनको भनाइ छ । उनले विद्यार्थीलाई खानेपानी सुविधा दिन एक घण्टा टाढाबाट पानी बोकेर ल्याइने गरिएको जानकारी दिए ।
गाउँमा लामो समयदेखि खानेपानी अभावका कारण स्थानीयलाईसमेत समस्या हुने गरेको बनगाडकुपिण्डे–१२ का वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिए ।
उनका अनुसार विद्यालयका मात्र नभई अधिकांश स्थानीयका शौचालय पानी अभावकै कारण प्रयोगविहीन बनेका छन् । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुगेपनि बाहिरै शौच गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस, वडा कार्यालय, नगरपालिका र अन्य संघसंस्थाले लाखौं खर्चेर निर्माण गरेका शौचालय प्रयोगविहीन बनेपछि लगानीसमेत खेर गएको छ ।
यसैबीच नगरपालिकाले पानी अभावमा शौचालय प्रयोगविहीन भएका विद्यालयको एकिन तथ्याङ्क नभएको जनाएको छ । नगर शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले केही गाउँमा अझैपनि खानेपानी नहुँदा समस्या भएको बताउँदै यसको प्रत्यक्ष मारमा विद्यार्थी परेको बताए ।
खानेपानी नभएका गाउँमा आगामी वर्षमा खाने पानी पु¥याउने योजना नगरको रहेको बताउँदै गाउँमा पानी पुगेपछि विद्यालयलाई पनि सहज हुने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here