Wednesday, April 24, 2024
Homeफिचरविद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान

- Advertisement -spot_img

दाङ, ३ बैशाख । विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा अभिप्रेरित गर्ने उद्देश्यले सोमबारदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेश अनुसार थपघट गर्न सक्ने छन् । दाङमा पनि सोमबारदेखि भिन्न गतिविधि गरेर भर्ना अभियान सुरु भएको छ ।
विद्यालय जाने उमेर भए पनि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सम्बन्धित विद्यालयमा भर्ना गर्नको लागि यो अभियान शुरु गरिएको हो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ यो अभियान शुरु गरिएको छ ।
बैशाख १४ गतेसम्म यो अभियान चल्ने छ । जिल्लाका संस्थागत र सामुदायिक दुबैतर्फका शिक्षकहरुले आ–आफनो विद्यालयमा विद्यार्थी तान्नको लागि घरदैलो अभियानदेखि अभिभावक भेलासमेत गराउन सुरु गरेका छन् ।
विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । दाङका १० वटै स्थानीय तहले पनि घरदैलो अभियान गरेर पढ्ने उमेर भएका तर विद्यालय बाहिर रहेका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरेका छन् ।
विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराउनको लागि घरदैलो अभियान, विद्यार्थीहरुलाई पुस्तक वितरण, अभिभावक, शिक्षकहरुसँग छलफल, विद्यालयहरुले गरेको प्रगतिहरुको प्रचार प्रसारलगायतका कार्यक्रमहरु रहेका छन् ।
भर्ना अभियान शुरु भएको एक हप्ताभित्र स्कुल नजिकै रहेका छात्र छात्राहरुलाई विद्यार्थीहरुलाई भर्ना गरिसक्नु पर्ने सम्बन्धित स्थानीय तहरुले निर्देशन दिएका छन् । अभियानमा छुटेका विद्यार्थीहरुलाई बैशाख मसान्तसम्म पनि भर्ना गरिने छ ।
२०७६ को शैक्षिक सत्र शुरु भएसँगै विद्यालय सबै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने प्राथमिकतामा रहनेछ । अनिवार्य शिक्षाको लागि बालबालिकाहरुलाई विद्यार्थी भर्ना अभिायन शुरु भईसकेको छ ।

विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

विद्यालयमा बालबालिकाहरुलाई स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रमसमेत तय गरेको देखिन्छ । यो नारालाई प्रभावकारी कार्यान्वयन गराउनको लागि शिक्षा विभागले शिक्षा इकाई समन्वय समिति, स्थानीय तहहरुलार्ई निर्देशनसमेत दिएको छ । त्यस्तै एक साताभित्र निःशुल्क पाठ्यपुस्तक वितरण दिनको रुपमा समेत मनाउने भएको छ  ।
यो वर्ष विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर भएका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने सबै स्थानीय तहहरुले लक्ष्य लिएका छन् । ति विद्यार्थीहरुलाई ‘हार्ड कोर’को रुपमा समेत लिएको छ ।
सडक बालबालिका, आर्थिक रुपले विपन्न र समाजबाट पिछडिएको समुदायका बालबालिहरुलाई विशेष योजना बनाएर यो अभियान चलाइएको छ । घोराही उपमहानगरपालिका विद्यालयमा जान वञ्चित भएका र विद्यालय जाने उमेर भएका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने अभियान चलाएको छ ।
‘अन्य सामान्य बालबालिकाहरु विद्यालय जाने उमेरको पुगेपछि विद्यालयबाट भर्ना गर्न कुनै समस्या नहुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । ‘सडक बालबालिकाको बाबुआमाको पत्तो हँुदैन, समाजबाट पिछडिएका बालबालिकाका अभिभावकाहरुलाई शिक्षाको बारेमा सचेत गराउनै चुनौति छ’ घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले भने ‘ति बालबालिकाहरुलाई केही गरी विद्यालयमा भर्ना गराए पनि बीचमै विद्यालय छाड्ने समस्या छ ।’
शिक्षा समन्वय समितिले नयाँ शैक्षिक सत्रकै शुरुमा विद्यार्थीहरुको हात–हातमा पुस्तक दिने योजना अघि सारेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई भर्नाकै दिनमा पुस्तक उपलब्ध गराउने बताएको छ ।
जिल्ला सबै सामुदायिक विद्यालयमा पुस्तकको लागि बजेट निकासासमेत गरिसकेको थियो । प्रत्येक विद्यालयमा पुस्तक खरिद गर्नको लागि सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा विद्यालय प्रमुखहरुलाई रकम निकासासँगै निर्देशन पनि दिइसकेको जनाएको छ ।
पुस्तकहरु जिल्लामै उपलब्ध भईसकेकोले आफ्नो विद्यालयमा आवश्यक पर्ने पुस्तकहरु समयमा खरिद गर्न सामुदायिक विद्यालयहरुलाई निर्देशन दिइएको छ । यसै बीच तुलसीपुर उपमहानगरपालिकको शिक्षा शाखाले तुलसीपुरको प्रतापकोटको विद्यालयबाट भर्ना अभियान सुरु गरेको छ । शिक्षा शाखाको सम्पूर्ण टिम वडा अध्यक्षलगायतको समूह गाउँमा पुगेर अभिभावहरुलाई भेटि भर्ना अभियानको सुरुवात गरेको नगरका स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए ।

विकटको विद्यालयबाट भर्ना

लमही नगरपालिकामा वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्यूसनपुरबाट भर्ना अभियान शुरु गरिएको छ । नगर प्रमुख कुलबहादुर केसीले भर्ना अभियानको उद्घाटन गरेका हुन्  । विद्यालयमा भर्ना भएका १२ जना अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय छन् । यस बर्ष विद्यालयमा भर्ना हुने अति विपन्न १ सय २६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने योजना रहेको नगरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here