Sunday, April 21, 2024
Homeफिचरविद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । नेपाल दलित विद्यार्थी संघ दाङले तुलसीपुरमा रहेको ज्ञानज्योति निमाविका दलित समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संघले विद्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सात हजार बढीको शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कलसिंह विश्वकर्माको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष राजु सुनारको प्रमुख आतिथ्यता एवं वडा तुलसीपुर उपमहानगरपालिका नम्बर ५ का अध्यक्ष विरेन्द्र शाहको विशिष्ठ आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । संघले विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे, संघका केन्द्रीय उपाध्यक्ष खेम विश्वकर्मा, नेविसंघका केन्द्रीय सदस्य युवराज खड्का, जिल्ला सहसचिव जितेन्द्र प्रकाश वली, तरुण दलका सुनिल डाँगी लगायतले शैक्षिक सामग्रीले विपन्न बालबालिकाको अध्ययन अध्यापनमा सहयोग पुग्ने बताए । कार्यक्रमको सहजीकरण संघका जिल्ला सहसचिव सुशीला नेपालीले गरेकी थिइन् ।

जन्मदिनमा फलफुल वितरण

तुलसीपुर, ३१ भदौ । तुलसीपुरका एक व्यक्तिले जन्मदिनको अवसर पारेर वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेका छन् । हिलसाइड टेक्निकल कलेज तुलसीपुर, दाङका सञ्चालक एकराज चन्दले आफ्नो छोरीको पहिलो जन्मदिनमा बृद्धबृद्धालाई फलफुल वितरण गरेका हुन् ।
चन्दले मंगलबार छोरी ईशिका चन्दको जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका–९ तेरौटेमा रहेको बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल, जुस तथा मिठाई वितरण गरेका हुन् ।
जन्मदिन भड्किलो तरिकाले नभई सामाजिक कार्य गरेर मनाउनु उचित हुने भन्दै उनले वृद्धाश्रममा रहेका १५ जना वृद्धवृद्धाहरुलाई फलफुल प्रदान गरिएको उनले बताए ।
उक्त अवसरमा बृद्धबृद्धाहरुले आफूहरुलाई सबैले माया गर्नुपर्ने बताए । समाजले पछिल्लो समय वृद्धवृद्धाहरुलाई बेवास्ता गर्दै आएको बताउँदै उनीहरुले सन्तान हुँदाहुँदै पनि अपहेलित बन्नुपरेको गुनासो पोखे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here