Monday, April 22, 2024
Homeफिचरलमहीमा कुकुरको बन्ध्याकरण शिविर

लमहीमा कुकुरको बन्ध्याकरण शिविर

- Advertisement -spot_img

देउखुरी, २८ फागुन । लमही नगरपालिकाको सहयोग, पशु शाखा कार्यालय लमहीको ब्यवस्थापन र हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा तीन दिने कुकुर बन्ध्याकरण शिविर शुरु भएको छ ।
यो बन्ध्याकरणसँगै लमही बजारमा देखिने भुस्याहा कुकुरहरुको संख्यामा कमि आउने अपेक्षा गरिएको छ । शिविरको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन् ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख केसीले नगरको वातावरण शान्तिमय बनाउन, कोलाहल कम गराउन, दुर्घटना हुन् नदिन, यो शिविरले सहयोग पुग्ने बताए । यो बर्षदेखि लमही नगरपालिकाले पनि कुकुर बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख केसीले बताए ।
केही महिना अगाडि यस नगरपालिकाका विभिन्न गाउँहरुका मानिसलाई गम्भीर हुने गरी टोकेको थियो, उनीहरुको आर्थिक अवस्था कमजोर भएकोले नगरपालिकाकै सहयोगमा काठमाडौँ उपचारमा पठायौँ र निको भएर आए, नगरपालिकाका उपप्रमुख देवका बेलवासेले बताइन् । केही महिना अघि बौलाहा कुकुरले नगरपालिकाभित्र बसोबास गर्ने १४ जनालाई टोकेको थियो ।
चालु आर्थिक वर्षमा यही कार्यक्रमलाई भनेरै तीन लाख बजेट छुट्याइएको थियो । त्यसै अनुरुप यो कार्यक्रमको आयोजना गरिएको हो, पशु शाखा कार्यालय लमहीका निमित्त प्रमुख शिवराज न्यौपानेले बताए ।
नगरपालिकाले पहिलो चरणको बन्ध्याकरण शिविरमा एक सय बीसवटा कुकुरलाई बन्ध्याकरण गरिने बताएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा यो शिविर भैरहेको छ । ट्रष्टका संयोजक चन्द्र राईसहितको समूह कुकुर बन्ध्याकरणमा लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here