Monday, April 22, 2024
Homeखेलकुदलखन कपको फाइनल आवश्यक छैनः फुटबल संघ

लखन कपको फाइनल आवश्यक छैनः फुटबल संघ

- Advertisement -spot_img

घोराही, २४ फागुुन । दाङ जिल्ला फुटबल संघले घोराहीमा २५ गते शनिबार हुुने भनिएको सहिद लखन थापा कप फुटबल प्रतियोगिता रोक्न आग्रह गरेको छ । संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी फिफाको नियम विपरीत खेल अघि बढाईएको भन्दै २५ गते शनिबार हुने भनिएको फाईनल खेललाई रोक्न आग्रह गरेको हो ।
संघका अध्यक्ष सुशील श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यही फागुुन १७ गते भएको खेलमा फिफाको नियम अनुसार युएनबिसी बिजयी भएको उल्लेख गरिएको छ । फागुन १७ गते बडहरा युवा क्लव र युएनविसीबीच भएको फाइनल खेलमा बडहरा युवा क्लवका खेलाडी विजेन्द्र घर्तीले ४१ औँ मिनेटमा रेड कार्ड पाएपछि खेल विवादित भएको थियो ।
रेफ्रिले खेलाडीलाई बिना कारण रेडकार्ड दिएको भन्दै बडहरा युवा क्लव फुटबल ग्राउण्डबाट बाहिरिएपछि मुख्य रेफ्रि अमृत केसीले फिफाको नियम अनुसार युएनबिसी बिजयी भएको घोषणा गरेका थिए  । तर खेल आयोजक नेपाल मगर संघले शनिबार २५ गते पुुनः खेल हुने बताएको छ । साथै संघले रेफ्रिको नियम विपरीत खेलको आयोजना गरेको भन्दै खेल पुनः सञ्चालन भएमा आगामी दिनमा गलत नजिर बस्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

थापाको स्मृतिमा रनिङ कप आमन्त्रण फुटबल

यसैबीच स्वर्गीय रामशरण थापाको सम्झनामा घोराहीमा रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । राप्ती क्लवको आयोजनामा आगामी चैत २३ गतेदेखि प्रतियोगिता सुरु हुने घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
प्रतियोगिताका लागि थापाका छोरा श्रीशरण थापाले क्लवमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । दाङका १२ वटा क्लवको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने क्लवले नगद ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष बसन्त पुरीले जानकारी दिए ।
क्लवका अध्यक्ष पुरीको अध्यक्षता तथा प्रतियोगिता प्रायोजक श्रीशरण थापाको प्रमुख आतिथ्यता एवं जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगरको विशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

बर्दिया एथ्लेटिक्सको च्याम्पियन

यसैबीच बर्दिया जिल्ला प्रदेश नम्बर ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । दाङ घोराहीको भरतपुर खेल मैदान फागुन २० देखि २३ गतेसम्म सञ्चालित प्रतियोगिताको महिला तथा पुरुषतर्फका २७ इभेन्टस्मा बर्दिया १५ स्वर्ण, ८ रजत, ९ कास्य पदक हात पार्दै प्रदेश नम्बर ५ को च्याम्पियन बन्न सफल भएको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगंज र दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दाङ ५ स्वर्ण, ९ रजत र ९ कास्य पदक प्राप्त गर्दै द्वितीय भयो । त्यस्तै बाँके जिल्ला ५ स्वर्ण, ३ रजत र ५ कास्य पदकका साथ तृतीय स्थान प्राप्त गर्न सफल भएको एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक तथा प्राविधिक संयोजक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
प्रदेश नम्बर ५ का १२ जिल्लाको सहभागिता रहेको प्रतियोगिताबाट छनोटमा परेका महिला १२ र पुरुष १५ इभेन्टस्का खेलाडीहरुले बृहत आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा तीन विभागीय र ६ प्रदेशका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here