Saturday, April 27, 2024
Homebreaking-newsलकडाउनमा दैनिक दुर्घटना

लकडाउनमा दैनिक दुर्घटना

- Advertisement -spot_img

जीतसागर जी.एम.
१४३ दुर्घटना, ३७ जनाको मृत्यु
दाङ, २५ जेठ । गत आइतबार बाँकेबाट दाङतर्फ आउँदै गरेको गाडी राप्तीसोनारी गाउँपालिका–२ स्थित अगैया जंगलमा दुर्घटना हुँदा १२ जनाको ज्यान गयो ।
दुर्घटनामा परी २१ जना घाइते भए । मजदुर लिएर भारतीय नाकाबाट दाङ–सल्यानका लागि छुटेको ना ५ ख ५९९५ नम्बरको गाडी अगैया नजिकैको जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटनामा प¥यो त्यो पनि मध्यरातमा ।
बुधबार २१ जेठको दिउँसो मात्रै घोराही लमही सडकखण्ड अन्तर्गत मसोट खोलाको ओरोलामा लमहीतर्फ जाँदै गरेको सिभि ०५ डब्लु ७७३३ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको रा ४ प ४१६६ नम्बरको मोटरसाइकल ठक्कर दियो । दुर्घटनामा मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक र मोटरसाइकल मसोट खोलामा खस्यो ।
दुर्घटनामा ट्रक चालक भारतको थिरोजापुरका ४० वर्षिय बलदेव सिंहको मृत्यु भयो । मोटरसाइकलमा सवार भगवानदिन चौधरी र उनकी श्रीमती रञ्जना चौधरी दुबैजना गम्भीर घाइते भए ।
उदाहरणका लागि प्रस्तुत गरिएका यी दुई घटना मात्रै हैन अहिले दैनिक साना ठूला सवारी दुर्घटना भइरहेका छन् । लकडाउनमा भएका सवारी दुर्घटनाले मानवीय क्षति पु¥याईरहेको छ ।
बन्दाबन्दीको समयमा सवारीको चाप कम भएपनि विभिन्न पक्षको लापरबाहीकै कारण नागरिकले अकालमा मृत्युवरण गर्नुप¥यो । गाडीले सिट क्षमताभन्दा दोब्बर यात्रु बोके पनि ट्राफिक प्रहरीको फितलो जाँचका कारण दुर्घटनामा मानवीय क्षति धेरै भयो ।
कोरोनाभाइरसको संक्रमणको अवस्थामा खचाखच रूपमा भरिएर यात्रा गर्ने यात्रु र यात्रु बोक्ने चालक सबैको कमि कमजोरी देखिन्छ ।
बन्दाबन्दीकै बीचमा पनि दुर्घटनाका घटनामा कमि आउन सकेका छैनन् । दाङसहित प्रदेश नम्बर ५ का १२ जिल्लामा लकडाउन अर्थात् बन्दाबन्दीकै बीच मा १४३ सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ भने १९० जना घाइते भएको छन् ।
जसमध्ये सबैभन्दा बढी बाँकेमा ३६ सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।
११ चैतदेखि यसवर्षको २१ जेठसम्मको तथ्यांक अनुसार प्रदेश नम्बर ५ को बाँकेपछि दाङमा १२ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
त्यसैगरी नवलपरासी पश्चिममा १७ सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रूपन्देहीमा ३८ सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
त्यस्तै कपिलवस्तुमा १४ सवारी दुर्घटनामा ३ जनाको मृत्युु भएको छ । कपिलवस्तुमा सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् । अर्घाखाँचीमा ३ सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।
पाल्पामा ५ सवारी दुर्घटनामा २ को मृत्यु भएको ३ जना घाइते भएका छन् । त्यसैगरी गुल्मीमा ४ सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
रोल्पामा ५ सवारी दुर्घटनामा ५ घाइते, प्यूठानमा १ सवारी दुर्घटनामा १ जना घाइते, रूकुम पूर्वमा १ सवारी दुर्घटनामा ३ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । त्यस्तै बर्दियामा ७ सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रदेश ५ मा लकडाउन अवधिभर ७२ दिनसम्म १ सय ४३ सवारी दुर्घटनामा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा भएका छन् ।
लकडाउनमा प्रदेशभर ६२ मोटरसाइकल, ट्रक तथा ट्यांकर ३८, बस ६, जिपकार २३ वटा, अन्य १२ वटा रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चालकको लापरबाहीकै कारण नै लकाडाउनकै बीचमा दैनिकजसो भइरहेका छन् । लकडाउनमा सवारीको चाप कम भएपनि दुर्घटना रोकिन नसक्नु चालकको लापरबाही नै प्रमुख कारण प्रदेश प्रहरी प्रवक्ता (प्रहरी बरिष्ठ उपरीक्षक) राजकुमार बैदवारले बताए ।
‘लकडाउनमा सवारीको चाप कम छ, तर पनि चालकको लापरबाहीकै कारण अधिकांश दुर्घटना भएका छन्’ उनले भने– ‘केहि सवारीको अवस्था, सडकको संरचनाका कारण पनि दुर्घटना भएका छन् ।’
लकडाउनमा सवारीको चाप कम हुने भएका कारण पनि तिब्रगतिमा सवारी चलाउने गरेको पाइएको उनले बताए । ‘सवारी चाप कम छन् भनेर तिब्रगतिमा सवारी हाक्ने प्रचलन छ, जसका कारण पनि दुर्घटना हुने गरेका छन्’ उनले भने–‘लकडाउनकै बिचमा पनि दुर्घटना रोकिन सकेका छैनन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here