Monday, April 22, 2024
Homeमुख्य खबररोटरी क्लव दाङले साढे ८२ लाखको कार्यक्रम गर्ने

रोटरी क्लव दाङले साढे ८२ लाखको कार्यक्रम गर्ने

- Advertisement -spot_img

घोराही, ११ कात्तिक । महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि रोटरी क्लव अफ दाङ, अन्तर्राष्ट्रिय सहयोग रोटरी क्लव अफ क्लोवाना सनराईज व्रिटिस कोलम्विया क्यानडा र क्रियटिङ पोसिबिलिटिज नेपालबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा रोटरी क्लव अफ दाङका अध्यक्ष निरन्जन आचार्य, अन्तर्राष्ट्रिय क्लव क्यानडाका व्रिण्डा बेल र क्रियटिङ पोसिबिलिटिजका दिनेशराज सापकोटाले हस्ताक्षर गरेका छन् ।
दुई वर्षको कार्यक्रमका लागि महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि आमा समूहमार्फत काम गर्ने गरी सम्झौता भएको हो । तीनवटा निकायबीच देउखुरीको गढवा गाउँपालिकाका महिलाहरुको स्वरोजगारका लागि सीप प्रदान, लघु वित्त क्षेत्रमा पहुँच स्थापना र महिलाहरुको सशक्तिकरणका लागि काम गरिने भएको छ । कार्यक्रम कार्यान्वयन र व्यवस्थापनका लागि रोटरी क्लव अफ दाङले रोटरियनहरु रिजिव उल्ला खान, प्रदिप मजगैयाँ र भरतराज देवकोटालाई जिम्मेवारी दिइएको अध्यक्ष डा. आचार्यले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here