Wednesday, April 24, 2024
Homeमुख्य खबररिलायन्सको शुभकामना आदानप्रदान

रिलायन्सको शुभकामना आदानप्रदान

- Advertisement -spot_img

तुलसीपुर, १६ असोज । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी तुलसीपुर शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख डम्बर केसीको अध्यक्षता तथा क्षेत्रीय प्रवन्धक दिपककुमार वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रवन्धक वलीले चाडपर्वमा खर्च कम गरी जीवन बिमा गर्न सकिने बताए । उनले जीवनको सुनिश्चित कसैले गर्न नसक्ने भन्दै जीवन बिमा बारेमा नागरिकलाई बुझाउन सहभागीलाई आग्रहसमेत गरे ।
तुलसीपुरमा रहेका रिलायन्स साथी, रिलायन्स अभिकर्ता सहभागि रहेको कार्यक्रममा अभिकर्ता तालिम पनि प्रदान गरिएको छ । तालिमको प्रशिक्षकमा क्षेत्रीय प्रवन्धक दिपककुमार वली र तुलसीपुर शाखा प्रबन्धक डम्बर केसी रहेका थिए । तुलसीपुरमा करिब सात सय बढी रिलायन्स इन्स्योरेन्समा बिमितको सेवा लिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here