Wednesday, April 24, 2024
Homeविचारराष्ट्र निर्माता पृथ्वीनारायण शाह

राष्ट्र निर्माता पृथ्वीनारायण शाह

- Advertisement -spot_img

राजु पौडेल

पृथ्वीनारायण शाहका बुवा नरभूपाल शाह र आमा कौशल्यावती हुन् । वि.सं. १७७९ पुस २७ गते गोरखा दरबारमा जन्मिएका राजा पृथ्वीनारायण शाह निकै आँटिला र दृढ स्वभावका थिए ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले तत्कालीन छरिएर रहेका विभिन्न भूरे टाकुरे राज्यहरुलाई एकीकृत गरेका थिए । उनको मावली घर पाल्पा थियो । पाल्पा निकै शक्तिशाली राज्य थियो । बुवा नरभूपाल शाहकी चारवटी रानीमध्ये माइली रानी कौशल्यावती–बाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राज हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित भएको थियो । दोस्रो विवाह काँसीका राज अभिमान सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो ।
दोस्रो विवाह गर्दा उनलाई हातहतियारमा निकै सघाउ पुगेको थियो । काँसीबाट उनले प्रसस्त मात्रामा बारुद र बन्दुक गोरखा भित्र्याउन सफल भएका थिए । पृथ्वीनारायण शाहको पहिलो उद्देश्य नुवाकोट आक्रमण गर्ने हेतुले उनले मकवानपुर ससुराली बनाएका थिए ।
तर ससुरालीसँग खटपट परेकाले नुवाकोट आक्रमण त्यति सजिलो थिएन । नुवाकोट आक्रमण पूर्व उनले चन्द्रागिरीको डाँडाबाट काठमाडौँ अवलोकन गरी अध्ययन गर्न थाले । भक्तपुरमा तीन वर्ष बसी भक्तपुरका राजा रणजित मल्लाका छोरा वीर नरसिंह मल्लसँग मितेरी गाँस्न सफल भएका थिए ।
भक्तपुरको सहायताले नुवाकोट आक्रमण गर्ने हेतुले वि.सं. १८९१ मा आक्रमण गरे । तर गोर्खाली सैनिकलाई हम्मे–हम्मे प¥यो । अन्त्यमा विजय भयो । नुवाकोटको विजयको थप प्रेरणा पाएका पृथ्वीनारायण शाहले अब कीर्तिपुर आक्रमण गर्ने ध्येयमा लागेका थिए । तर त्यति सजिलो भने थिएन ।
कीर्तिपुर नेवार जातिको बाहुल्यता भएको शक्तिशाली राज्य थियो । यसको लागि गोर्खाली सैनिकलाई तालिम दिएका थिए सैनिक कमाण्डर कालु पाण्डेले । आफ्नै ससुराली मकवानपुरलाई वि.सं. १८१९ मा आफ्नो अधिनमा ल्याएका थिए ।
पृथ्वीनारायण शाहले काजी कालु पाण्डेको नेतृत्वमा वि.सं. १८१४ मा कीर्तिपुरमा पहिलो आक्रमण गरेका थिए । जसमा कालु पाण्डेको ज्यान गएको थियो । तर पृथ्वीनारायण शाह भागेर ज्यान जोगाएका थिए ।
वि.सं. १८२१ मा दोस्रो आक्रमण भयो । त्यसबेला पनि सफलता पाउन सकेनन् । फेरी हतियारको थप बन्दोबस्त गरेर वि.सं. १८२२ मा मध्यरातमा घेराबन्दीबाट इन्द्रजात्राको दिन पारी घमासान युद्धपछि कीर्तिपुर आफ्नो हातमा लिएका थिए ।
पृथ्वीनारायण शाहले काठमाडौँ विजय वि.सं. १८२५ आश्विन १३ मा गरेका थिए । त्यसको लगत्तै पछि वि.सं. १८२५ आश्विन २४ गते ललितपुर र वि.सं. १८२६ मंसिर १ गते मितबुवाको राज्य भक्तपुर विजय गरेका थिए ।
आफ्नो सम्पूर्ण जीवन लडाई र संघर्षमा बिताएका पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ माघ १ गते भएको थियो । नुवाकोटको देवीघाटमा उनको दाहसंसकार भएको थियो । नेपाल जात जात, छत्तीस जातको फूलबारी हो ।
सबैलाई चेतना भया । जाई फरक गर्नु झिकी पटक नगर्नु, प्रजा मोटा भया दरबार बलियो हुन्छ । जस्ता दिव्योपदेश अहिले पनि चरितार्थ छ ।
उनको पालामा नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो । टुक्रा–टुक्रामा छरिएर रहेको देश नेपाल एक शक्तिशाली राज्यमा परिणत बनाउन एक राष्ट्रनिर्माताको जन्मजयन्ती मनाउन मनाही गर्नु हामी सबैको कमजोरी हो । सबैमा चेतना भया ।
पृथ्वीनारायण शाह एक योद्धा र महत्वाकांक्षी राजाको रुपमा तुलना गर्न सकिन्छ । आफै युद्धमा सरिक भई लड्न तम्सनु, तिक्ष्ण बुद्धिका राजा पृथ्वीनारायण शाह दूरदर्शी राजा मानिन्छन् ।
सानै उमेरमा बाबा गोरखनाथको आशीर्वाद पाएका उनीलाई जहाँ–जहाँ पाइला टेक्छस् त्यही तेरो विजय हुन्छ, हुनेछ भनेका थिए । पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए ।
उनकी एकमात्र छोरी बिलासकुमारीको विवाह सल्यानको राजाका छोरासँग गरिदिएका थिए । पृथ्वीनारायण शाह कट्टर राष्ट्रवादी र कुशल शासक पनि थिए । नेपालको भौगोलिक अवस्थाप्रति उनको दूरदृष्टि देखिन्छ । उनले कमजोर देशलाई बलियो बनाए ।
पृथ्वीनारायण शाहका दुईवटा छोरामा जेठा प्रतापसिंह शाह र कान्छा बहादुर शाह थिए । उनकी एकमात्र छोरी बिलासकुमारीलाई सल्यान जिल्लामा विवाह गरिदिएका थिए ।
तत्कालिन समयमा दाङ सल्यानको अधिनमा थियो र पछि दाङ छोरीलाई बिर्ता दिएका थिए । रुकुम, जाजरकोट, अछाम, बझाङ, बाजुरा, जुम्ला त्यो बेला शक्तिशाली राज्य थिए । पछि कान्छा छोरा बहादुर शाहले यी राजालाई नेपाल राज्यमा गाँभेका थिए ।
वि.सं. १८७२ मा राजा गीर्वाणको पालामा सुगौलीसन्धी भयो । प्रधानमन्त्री भिमसेन थापाको उपस्थितिमा भएको सो सन्धिले नेपालको सीमान पूर्वमा मेची र पश्चिममा महाकाली नदीसम्म मात्र नेपालको सीमाना रह्यो । यसरी पृथ्वीनारायण शाह नेपालका महान विभूति र राष्ट्रनिर्माता हुन् । सबैलाई चेतना भया ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here