Friday, April 26, 2024
Homeफिचरराप्ती बहिरा संघलाई कम्मल

राप्ती बहिरा संघलाई कम्मल

- Advertisement -spot_img

तुलसीपुर, २७ मंसिर । घोराही सिमेन्टअन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा संघलाई कम्मल वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच संघले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएका बालबालिकालाई प्रयोग गर्न सजिलो होस भन्ने उद्देश्यले बिगतका बर्षहरुझैँ यस बर्ष पनि करिब तीस हजार बराबरको ७० थान कम्मल हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यातायात ब्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले स–साना बालबालिकालाई सहयोग गर्न आफू तयार रहेको बताए ।
उनले चाडपर्वमा घर जान आउन समस्या भएको गुनासो विद्यार्थीहरुबाट आएपछि उनले त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले सबै बालबालिकालाई घरसम्म लैजाने र होस्टेल आउने वातावरण निःशुल्क रुपमा मिलाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै हमालले फरक क्षमता भएको बालबालिकालाई राज्यले हेर्ने र प्रदान गर्ने सेवालाई बृद्धि गर्नुपर्नेमा जोड दिए । उक्त अजसरमा निर्देशक प्रतिमा शर्माले बालबालिकाले निकै कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै सबैलाई सहयोग गर्न अपिल समेत गरिन् ।
कार्यक्रममा सगरमाथा सिमेन्टका अमर सुवेदी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here