Saturday, April 27, 2024
Homeफिचरराजमोको चौथो जिल्ला सम्मेलन

राजमोको चौथो जिल्ला सम्मेलन

- Advertisement -spot_img

घोराही, ४ जेठ ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको चौथो जिल्ला सम्मेलन सुरु भएको छ । घोराहीमा भएको सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले गरेका छन् । उद्घाटन गर्दै नेपालीले संगठन विस्तारमा लाग्न निर्देशन दिए । पार्टीलाई बलियो बनाउनको लागि संगठन विस्तार गर्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । ‘निर्वाचनमा हार व्यहोरियो भनेर निरास हुनु हुँदैन्’ कार्यकर्ताहरुलाई सम्झाउदै कार्यकारी अध्यक्ष नेपालीले भने ‘संगठन बलियो बनाउनको लागि जनतासँग जोडिनुस् ।’
जनताप्रति उत्तरदायी बन्नको लागि आफ्नो कर्तव्यप्रति लाग्न उनले सुझावसमेत दिए । पार्टीभित्रको विधि समस्या र चुनौतिहरुलाई आत्मसात गर्दै राष्ट्रियता जोगाउनको लागि सबै कार्यकर्ताहरु एक भएर लाग्नुपर्ने बताएका थिए । संघीयता धेरै नटिक्ने भएकाले मुलुकको समृद्धिको लागि राष्ट्रिय जनमोर्चा जनताको भावना वुझेर आगामी दिनहरुमा अगाडि बढ्नुपर्ने बताए । सम्मेलनमा नेता तथा कार्यकर्ताहरुले पार्टीलाई बलियो बनाउनको लागि कार्यकर्ताहरु प्रशिक्षण भेला तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीको अध्यक्षतामा भएको जिल्लाको सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसी, पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, नेकपा मसालका जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल युवा संघ पूर्व केन्द्रीय अध्यक्ष कासीनाथ पोख्रेल, अखिल नेपाल टे«ड युनियन महासंघ जिल्ला अध्यक्ष ठाकुर भण्डारी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेम आचार्य, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय अध्यक्ष हनुमान चौधरी, रक्तिम सामूहिक अभियानका सचिव नारायण योगी, जातीय समता सामनाका उपाध्यक्ष टिका विक, अखिल नेपाल बुद्धिजीविका केन्द्रीय सदस्य केशव खनाल, राष्ट्रिय जनमोर्चा दाङका संस्थापक अध्यक्ष नरबहादुर केसी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारीलगायतले मन्तब्य राखेका थिए । राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष ऋषिराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव गणेश आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here