Monday, April 22, 2024
Homeफिचररगत दिने भन्दा माग्ने धेरै

रगत दिने भन्दा माग्ने धेरै

- Advertisement -spot_img

घोराही, १२ साउन । हिजोआज रगतको माग बढ्दै छ । सामाजिक सञ्जालहरुमा विभिन्न समूहको रगत आवश्यक प¥यो भनेर धेरै अनुरोध गरिएका हुन्छन् । तर त्यसको अनुपातमा रगत दानहरु निकै कम छन् ।
कसैले रगत आवश्यक प¥यो भने एउटै व्यक्तिलाई दोह¥याई, तेह¥याई रगतदान गर्नको लागि अनुरोध गरिन्छ । रगतदान गर्नको लागि नयाँ तयार बनाउन सकिरहेको छैन् । रगतदानको बारेमा सचेतनाको कमि होस् या महत्व नबुझेर होस्, तर दाङमा रगतको माग अनुसारको नयाँ व्यक्तिहरु उत्पादन भएका छैनन् ।
नेपाल रेडक्रस सोसाईटी दाङमा भोलेन्टरको रुपमा लागेका रगतदाताहरुले मात्रै रगतदान गर्ने गरेका छन् । त्यसबाहेकका स्वइच्छाले दिने कमै छन् । दाङमा रगतको अभाव भएर नै कसैको मृत्यु वा जिल्ला बाहिर पठाउनु परेको अवस्था त छैन् । तर बिरामीलाई भनेको समयमा रगत पु¥याउन भने हम्मे–हम्मे पर्छ ।
नेपाल रेडक्रस सोसाईटीले ५३औँ रक्तदान दिवस मनाईरहदा रगतदान गर्ने भन्दा माग्गे धेरै भएको तथ्यांकक सार्वजनिक भएको छ । दाङको घोराहीमा भएको कार्यक्रममा सहभागीहरुले पनि रगतको माग धेरै हुने तर रगतदान गर्ने नयाँ व्यक्तिहरु नभेटिएको बताएका थिए । कार्यक्रममा थमन चौधरीले पुराना व्यक्तिहरुमार्फत नै बढी रगतदान भईरहेको बताएका थिए ।
‘पुराना व्यक्तिहरुले समय–समय मै स्वास्थ्य अनुकूल रगतदान गर्नुहुन्छ’ कार्यक्रममा उनले भने ‘हामीले नयाँ रक्तदाताहरु उत्पादन गर्न सकिरहेका छैनौँ । नयाँ रक्तदाताहरु उत्पादन गर्नको लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।

जिल्लामा १ हजार ८ सय १८ यूनिट रगत खपत हुने गरेको छ । जिल्लामा माग भने वार्षिक ३ हजार ६ सय युनिट रहेको छ । न्यौपानेका अनुसार मासिक २ सय ५० देखि ३ सय युनिटसम्म रगतको माग रहेको छ ।

दाङका कुनै पनि स्थानीय तहहरुले ब्लड बैंकका बारेमा कुनै चासो नदेखाएको र समन्वय पनि हुन नसकेको बताएका थिए । स्थानीय तहहरुको समन्वय र सहकार्यमा रक्तदानको महत्वलाई गाउँतहसम्म पु¥याउनसके जिल्लामा देखापर्ने रगतको अभावलाई पूर्ति गर्न सहज हुने सुझाव दिएका थिए ।
नेपाल रेडक्रस सोसाईटी दाङका इञ्चार्ज दिलिप न्यौपानेले एक वर्षको अवधिमा १ हजार ८ सय ८० जना पुरुष र ४३६ जना महिलाले रक्तदान गरेको जानकारी गराए । जिल्लामा १ हजार ८ सय १८ यूनिट रगत खपत हुने गरेको छ ।
जिल्लामा माग भने वार्षिक ३ हजार ६ सय युनिट रहेको छ । न्यौपानेका अनुसार मासिक २ सय ५० देखि ३ सय युनिटसम्म रगतको माग हुने गरेको उनले बताए ।
एक वर्षमा दाताहरुबाट ४ सय ४१ जना ‘ए’ पोजेटिभ, ६ सय १२ जना ‘बि’ पोजेटिभ, १ सय ७७ जनाले ‘एबि’, ५ सय ९८ जनाले ‘ओ’ समूहका व्यक्तिहरुले रक्तदान गरेको उनले बताए । त्यसगैरी ९० जनाले ‘ए’ नेगेटिभ, १८ जनाले ‘बि’ नेगेटिभ, ७ जनाले ‘एबि’ नेगेटिभ र १७ जनाले ‘ओ’ नेगेटिभ रक्तदान भएको छ ।
नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले रगत अभाव समस्या सबैको साझा सामस्या भएको बताएका थिए । सबैको साझा समस्या भएकै कारण समाधानको लागि स्थानीय सरकारले चासोको रुपमा लिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले रगतको मागलाई पूर्ति गर्नको लागि रक्तदान जीवनदानका विषयमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा उपसभापति नरेशजंग रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शंकर पाण्डे, जनप्रतिनिधि सुरेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शाखामा २५ हजारभन्दा माथि आर्थिक सहयोग गर्ने ब्रान्सु केसी, दिपक कुमार केसी, तेजविक्रम घर्ती, टोपबहादुर महतरालाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रकाश श्रीवन्दले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here