Friday, April 26, 2024
Homeमुख्य खबरयातायात मजदुरलाई सहयोग

यातायात मजदुरलाई सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । लामो समयदेखिको लकडाउनका कारण मर्कामा परेका यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार त्रिसिद्देश्वरी राप्ती यातायात सेवामा आवद्ध चार सय यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
प्रालिले आफ्नो संस्थासँग आवद्ध रहेर काम गर्दै आएका मजदुरहरुलाई प्रतिव्यक्ति २५ केजी चामल, दाल, तेल र नुन सहयोग गरेको हो ।
लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका मजदुरहरुलाई खाद्यान्न उपलव्ध गराईएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
उनले पहिलो चरणमा कर्मचारी युनियन, मजदुर संघ संगठनसहितको रोहवरमा प्रधान कार्यालय तुलसिपुर, शाखा कार्यालय घोराही, लमही र भालुवाङमा समितिका मजदुरहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको बताए ।
अध्यक्ष हमालले छाक टार्न मुस्किल परेका कुनै पनि मजदुरहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
राहत वितरणमा पुष्कर धिताल, प्रकाश भट्ट, श्रीधर बुढाथोकी, भिमसेन लहरे, तेजमणि आचार्य, दिवाकर न्यौपाने, पदम वली लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै घोराही लमही र भालुवाङमा भरतनाथ योगी, भरतराज श्रेष्ठ, मानबहाहुर डाँगी, प्रेम रावत, ऋषि रावत, तेजप्रसाद अधिकारी,
नारायण न्यौपाने, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष दिनेश जगंशाह, सचिव राजेश पुन, मजदुर नेता एवं ब्यवसायी केशव भण्डारी लगायतको सहभागितामा मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here