Saturday, April 27, 2024
Homeमुख्य खबरमिरौलीमा महायज्ञ हुने

मिरौलीमा महायज्ञ हुने

- Advertisement -spot_img

तुलसीपुर, २६ माघ । दंगीशरण गाउँपालिका–३ मिरौलीको मोहेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत् सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । धर्मशाला निर्माण गर्न तथा शिवालय मन्दिरको भौतिक संरचना निर्माणका लागि महायज्ञ सञ्चालन हुन लागेको हो ।
मन्दिरको संरक्षण गरी धार्मिक एवं पर्यटकीय स्थलको विकासका लागि आगामी फागुन १ गतेदेखि ९ गतेसम्म महायज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञको कथावाचकमा नेपालका ख्यातिप्राप्त पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवताका अभियान्ता हरिचन्द्र तिमिल्सिना रहने भएका छन् । महायज्ञमा मण्डवपूजा, कलश यात्रा, लाखबत्ती जागरण लगायतका कार्यक्रम रहेको समितिले जनाएको छ ।
भक्तजनको उपस्थिति बढाउन मन्दिर परिसरमा धर्मशाला निर्माण गरिन लागिएको हो । महायज्ञबाट संकलन गरिएको रकमले धर्मशाला निर्माण गर्ने र मन्दिरको भौतिक संरचना निर्माण गरी धार्मिक एवं पर्यटन विकास गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here