Sunday, April 21, 2024
Homeमुख्य खबरमिडियावाजीप्रति नेविसंघको विरोध

मिडियावाजीप्रति नेविसंघको विरोध

- Advertisement -spot_img

तुलसीपुर, ९ बिहीबार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सामाजिक सञ्जालमार्फत संघको अमर्यादित बनाउने कार्य भईरहेको भन्दै घोरभत्र्सना गरेको छ ।
नेविसंघका निवर्तमान जिल्ला अध्यक्षले सामाजिक सञ्जालमार्फत संघको आन्तरिक पक्षलाई मिडियाबाजी गरेको भन्दै खेद प्रकट गरेको हो ।
नेविसंघ राप्ती बबई क्याम्पसमा रहेको बैचारिक र सैद्धान्तिक मतभिन्नता भईरहेका बेला जिल्ला अध्यक्ष राजकुमार डाँगीले ईकाइ समिति विघटन गरिएको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै त्यसको घोरभत्र्सना गरिएको हो ।
नेविसंघ तुलसीपुर नगर संयोजक राजिव पाण्डे र दंगीशरण गाउँपालिका संयोजक प्रकाश चौधरीले बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा अध्यक्ष डाँगीले मिडियाबाजीमार्फत संघलाई तुषारोपण गरेको भन्दै आपत्ति जनाईएको छ । डाँगीले काठमाडाँैमा बसी सामाजिक सञ्जालमार्फत गैरजिम्मेवार प्रवृत्तिले नेविसंघ चलाउन खोजेको दोषारोपण गरेका छन् ।
उनी जिल्ला अध्यक्ष भएदेखि हालसम्मको कार्यकालसम्म न्यून संगठन विस्तार र राजनीतिक रुपमा बवन्डर गर्ने कार्यबाहेकहरु केही नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघमा रहेका सभापतिहरुले आगामी अधिवेशनसम्म सम्पूर्ण हक प्रत्यारोपण गरी हस्तान्तरण गरेको हुँदा बसन्त बस्नेतलाई आधिकारिक इकाई सभापति बनाईएको संज्ञा समेत दिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का अध्यक्षतामा भएको कार्यक्रममा सहभागी भएकाले बस्नेतलाई इकाई सभापतिमा निश्चित गरिएको बताउँदै गैर राजनैतिक चरित्र नदेखाउन विज्ञप्तिमार्पmत अनुरोध गरेका छन् ।
विज्ञप्तिको अन्त्यतिर उत्पन्न परिस्थितिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै संगठनलाई माया गर्ने, उर्जा थप्ने सबैलाई सहयोगको लागि अपिलसमेत गरिएको छ ।
आगामी दिनहरुमा नेविसंघभित्र रहेका समस्यालाई समाधान गर्दै लैजानका लागि हाल उत्पन्न परिस्थितिलाई नजर अन्दाज नगर्न अनुरोध विज्ञप्तिमार्फत अनुरोधसमेत गरिएको छ । साथै संघलाई बलियो बनाउँदै लैजानका लागि अमुल्य साथ, सहयोग र सल्लाहको समेत अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here