Sunday, April 21, 2024
Homeमुख्य खबरमानसिक रोगीको उपचार सुरू

मानसिक रोगीको उपचार सुरू

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३ चैत ।

दाङको घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा मानसिक रोगीहरूको उपचार केन्द्र सञ्चालनमा आएको छ ।

प्रेरणाका लागि अभियान नेपाल दाङले मानसिक रोगीहरूको उपचारका लागि आश्रयसहितको अस्पताल सञ्चालन गरेको हो ।

हाल तीनजनाको केन्द्रमा उपचार सुरूभएको छ । दुई साता पहिले उपचारका लागि पुगेका घोराही–४ सुनपुरका रामबहादुर विकको मानसिक स्वास्थ्य अवस्था सुधार हँुदै गएको छ ।

यसैक्रममा मानसिक सन्तुलन गुमाएकी रोल्पा घर भई हाल घोराहीको फुर्सेखालीमा बस्दै आएकी दिलमाया पुनलाई उपचार केन्द्रमा पु¥याईएको छ ।

उपचार केन्द्रमा नियमित मनोविमर्शसँगै औषधी सेवन गरिने अभियानका अध्यक्ष श्रीधरकुमार लम्सालले बताए । प्रेरणाका लागि अभियान नेपाल दाङले मानवताको सेवा नै सर्वप्रिय कार्य भएको बताएको छ ।

सामाजिक सेवा कसरी गर्ने भन्ने सोचलाई मूर्तरूप दिन मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको उपचार र परिवारमा पूनर्मिलनको अभियान थालेको अध्यक्ष लम्सालले बताए ।

करिब एक करोड २५ लाख रूपैयाँको लागतमा भवन निर्माण गरेर उपचार सुरू गरिएको उनको भनाइ छ ।

मानसिक सन्तुलन गुमाएर विक्षिप्त रहेका र सडकमा आएका नागरिकहरूको उपचार गर्ने उद्देश्य रहेको उनले बताए ।

३५ लाख रूपैयाँ भवन निर्माणमा सहयोग गरेको हेल्थ फाउण्डेशनले बिरामीको औषधी उपचार र स्वास्थ्यकर्मीहरूको खर्चमा पनि फाउण्डेशनले नै खर्च व्यहोर्ने कार्यकारी निर्देशक गिरिराज पौडेलले बताए ।

उक्त केन्द्रमा नियमित जाँच तथा परामर्शका लागि डा. पुजनबाबु डाँगी, स्टाप नर्स पूर्णिमा पौडेल, स्वास्थ्य सहायक गोरख थापा, मनोविमर्शकर्ता भूमिका जिएम र यशोदा ओली रहेका छन् ।

केन्द्रको भवन निमार्णसँगै अन्य भौतिक सामाग्रीहरू खरिदका लागि घोराही उपमहानगरपालिका, वडा कार्यालयसँगै विभिन्न संस्था र व्यक्तिहरूले सहयोग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here