Saturday, April 27, 2024
Homeफिचरमहिनावारी प्याड वितरण

महिनावारी प्याड वितरण

- Advertisement -spot_img

हेमराज शर्मा
गढवा, १६ जेठ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपि) गढवाले महिलाहरुलाई निःशुल्क महिनावारी प्याड वितरण गरेको छ ।

कोभिड–१९का कारण क्वारेन्टाइनमा रहेका महिलाहरुको महिनावारी स्वास्थ्यलाई ध्यानमा राख्दै गढवा गाउँपालिकाअन्तर्गतका आठवटा क्वारेन्टाइनका महिलाहरुलाई उक्त महिनावारी प्याड वितरण गरिएको सिपि नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

‘यस्तो अवस्थामा प्याड किन्न जान पनि नपाइने भएकाले निकै समस्या थियो तर यसमा कसैले ध्यान दिन सकेको थिएन’ प्याड पाएपछि खुशी हुँदै सविता कुमालले बताइन् । उक्त अवसरमा महिनावारी र व्यक्तिगत सरसफाईका सामग्री सहयोग गरेकोमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले सिपि नेपाललाई धन्यवाद व्यक्त गरे ।

उक्त अवसरमा १ सय १४ जना महिलालाई महिनावारी प्याड र ३ सय ८० जनालाई नुहाउने साबुन, सेम्फु र कपडा धुनका लागि सरफसमेत वितरण गरिएको थियो । साथै वितरण कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष गुलाम मोहमद, चैनपुर स्वास्थ्य चौकीका इञ्चार्ज महेन्द्र बेल्वासेलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here