Thursday, April 25, 2024
Homeफिचरमहायज्ञमा एकैदिन ९० लाख

महायज्ञमा एकैदिन ९० लाख

- Advertisement -spot_img

घोराही, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दान गर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौ दिन मात्रै १ लाख दर्शकलले महायज्ञ तथा धारपानी मन्दिरको अवलोकन गरेका छन् भने बिहीबार मात्रै ९० लाख दान संकलन भएको महायज्ञ आयोजक मुल समितिले जानकारी दिएको छ ।
धारपानी धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा बिहीबार दैलेख, अर्घाखाँची, पाल्पा र प्यूठानबाट पर्यटक तथा भक्तजनहरु आएको महायज्ञ आयोजक मुल समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । जिल्ला प्रदेश बाहिरबाट आउने आगन्तुकहरुले धारपानी धाम साँच्चिकै राम्रो रहेको बताएका छन् । महायज्ञको पाँचौ दिन मात्रै ९० लाख दान संकलन भएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञानमहायज्ञ मुल आयोजक समितिले जनाएको छ । अहिलेसम्म एक करोड ६४ लाख दान संकलन भएको पनि आयोजकले जनाएको छ ।
महायज्ञको पाँचौ दिन घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी मुमान खड्का तथा मदनकुमारी खड्काले १७ लाख ५० हजार रुपैयाँ दान गरेका छन् । अहिलेसम्म खड्का सबैभन्दा धेरै रकम दान गर्ने दानवीरमा हुन् ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले ५१ हजार १ सय १, घोराही–१७ निवासी गुरुप्रसाद रेग्मीले १ लाख १ हजार एक सय ११, घोराही २ बुका निवासी बालाराम पाण्डेले ७५ हजार ५, संघीय संसदका सभामुख कृष्णबहादुर महराले १ लाख १ सय ११, घोराही–६ गुरगै निवासी भूपनारायण खनालले ५१ हजार १ सय ५१, घोराही २ बुका निवासी हिमप्रसाद भण्डारीले ५१ हजार रुपैयाँ दान गरेका छन् ।
त्यस्तै घोराही–२ निवासी ऋषिराम रिजालले ३ लाख १ हजार ५, घोराही १५ निवासी श्रीधर महराले ३ लाख १ हजार १ सय ५१, भावाङ ३ रोल्पाका लिलाराम डाँगीले २ लाख १ हजार, घोराही १५ का मिलन पुनले १ लाख १ हजार, घोराही–३ भैसकुर निवासी चिन्ताबहादुर वलीले ११ लाख ५१ हजार १ सय ११, घोराही–१८ रझेनाकी भगवतादेवी शर्मा मरासिनीले १ लाख ११ हजार १ सय ११, घोराही–१५ का फणाधर रिजाल, रामहरि रिजालले ५५ हजार ५ सय ५५, दाङ जिल्ला उद्योग वाणिज्य संघले २ लाख १ हजार १ सय १, घोराही ६ अघराका नमलाल पाण्डेले १ लाख ११ हजार १ सय ११, घोराही १० नारायणपुरका मानबहादुर बस्नेतले ५१ हजार १ सय ५५ रुपैयाँ दान गरेको मुल आयोजक समितिले जानकारी दिएको छ ।
त्यसैगरी घोराही–६ का विष्णुप्रसाद शर्माले ५५ हजार ५ सय ५५, सोही ठाउँ निवासी भिभकान्त सुवेदीले ५१ हजार ५ सय ५५, सोही ठाउँ निवासी बसुन्धरा अधिकारीले ५५ हजार ५ सय ५५, घोराही १५ निवासी गीतादेवी पोख्रेलले ५५हजार ५ सय ५५, घोराही–१७ कर्जाहीका श्रीधर पोख्रेलले ५० हजार ५ सय ५ र घोराही–६ बेरुवागाउँका भोजबहादुर थापाले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेका छन् ।
त्यस्तै घोराहीका यातायात व्यवसायी तथा रिजाल ढुवानी सेवाका प्रोप्राईटर सागर पोख्रेल र ऋषिराम रिजालले ५ दिनसम्म निःशुल्क बस सेवा दिइरहेको आयोजकले जनाएको छ । रिजाल ढुवानी सेवाले फागुन १४ देखि १८ गतेसम्म निःशुल्क बस सेवा दिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here