Friday, April 26, 2024
Homeसमाजमहायज्ञबाट २१ लाख बढी संकलन

महायज्ञबाट २१ लाख बढी संकलन

- Advertisement -spot_img

तुलसीपुर, २७ जेठ । नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा सञ्चालित महायज्ञमा २१ लाख बढी दान रकम संकलन भएको छ ।
महायज्ञबाट २१ लाख १४ हजार ८ सय ८३ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार नगद १९ लाख ८६ हजार ९ सय १३ नगद र कलशबाट १ लाख २६ हजार ९सय ७० संकलन भएको छ ।
महायज्ञमा सबैभन्दा बढी तुलसीपुर–९ नयाँबस्तीका धनबहादुर वलीले १ लाख ५० हजार १ सय ११, तुलसीपुर–४ रक्षाचौरका तिलकराम वली र चन्द्रा वलीले १ लाख ११ हजार १ सय ११, तुलसीपुर–७ गणेशपुरका मकर कुमारी बस्नेत १ लाख १ हजार १ सय ११, तुलसीपुर–४ मजुवाका सुदिप खड्का,
नोखमाया खड्का र युगा विष्टले ५५ हजार ५ सय ५५, सोही ठाउँकै मित्रलाल खड्का र हिरा खड्काले ५१ हजार १ सय ११ र अन्य दानदाताहरुले पनि सहयोग गरेका थिए । यस्तै तुलसीपुर–७ डाँडापातु निवासी योगकुमारी केसीले तीन लाख बराबरको मन्दिर निर्माण सामाग्री सहयोग गर्ने भएको मुल आयोजक समितिले जनाएको छ ।
मन्दिर निर्माणका लागि धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिरको स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताए ।
‘हामीले नेपालकै नमुना शिवालय निर्माणका लागि सञ्चालन गरेको महायज्ञमा संकलित रकम लक्ष्य नजिक पुगेका छौँ, अब हामीले यो ठाउँलाई धार्मिक पर्यटकीय स्थल निर्माण गर्ने छौँ, आय–व्यय केही दिनभित्रै सार्वजनिक गर्नेछौँ ।
जेठ १८ गते देखी सुरु भएको महायज्ञको आइतबार एक कार्यक्रका बिच समापन गरीएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका थिए ।
यसैबीच चितवनको देवघाटमा अष्टधातु शिवमूर्ति निर्माण सहयोगार्थ तुलसीपुरमा जारी महायज्ञमा आइतबारसम्म नगद र जिन्सी गरी करिब २३ लाख बढी दान संकलन भएको छ ।
महायज्ञमा आइतबारसम्म नगद, जग्गा, धातु गरेर करिब २३ लाख बराबरको दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष प्रमोद अधिकारीले बताए । महायज्ञमा आइतबार सात लाल सुन, पाँच लाल चाँदी र अन्य धातुहरु संकलन भएको छ ।
महायज्ञमा दैनिकरुपमा नगदभन्दा पनि धातु दान गर्ने दाताहरु बढ्दै गएको उनले बताए । उनका अनुसार आइतबारमात्रै १२ केजी धातु संकलन भएको छ ।
‘महायज्ञमा सोमबार अष्टमी अवसरमा विषेश पूजाअर्चना गरिने छ, सबैलाई आउन आग्रह गर्छु’उनले भने । देवघाटमा निर्माण हुन थालेको शिवमूर्तिले पनि राष्ट्रको परिचय झल्काउनेसमेत बताए ।
देवघाट सबैको धरोहर भएको भन्दै महायज्ञबाट अपेक्षित रकम संकलन हुने विश्वास रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक ललितबहादुर वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here