Friday, April 26, 2024
Homeफिचरमहंगो प्रतिष्ठान

महंगो प्रतिष्ठान

- Advertisement -spot_img

दाङ, १९ पुस । निःशुल्क स्वास्थ्य सुविधा हुने, उपचारमा सहुलियत, अस्पतालको सेवा सुविधामा सुधार होला । अस्पतालमा उपचार नपाएर रिफर गर्नुपर्ने बाध्यता हट्ला । विशेषज्ञ डाक्टर होलान्, अनि सहुलियतमा सबै बिरामीहरूको स्वास्थ्य जाँच होला । यस्तै–यस्तै आशाले दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि ठूलै कसरत गरियो स्थापना भयो । तर अहिले त्यहि प्रतिष्ठान महंगो र जनताको प्रत्यक्ष पहँुचबाट टाढिँदै छ । त्यो बेलाको राप्ती उपक्षेत्रीय अस्पताल गुनासो नगर्ने सायद कमै थिए । सफा होस्, व्यवस्थित होस् भनेर धेरै गुनासो गर्थे  । तर अहिले राप्ती उपक्षेत्रीय अस्पताल यसरी एकाएक परिवर्तन भयो कि दाङबासीले कल्पना नै गरेका थिएनन् । त्यही राप्ती उपक्षेत्रीय अस्पताल हो जहाँ सुत्केरी गराएपछि महिलाले पौष्टिक खानासहित एक हजार रूपैयाँ पाउने गरेका थिए । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्यरूपमा बच्चा जन्माए तीन हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । पहिले अस्पतालमा गर्भवतीको शल्यक्रिया निःशुल्क गरिन्थ्योे । अहिले प्रतिष्ठानले १२ हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ ।
हिजोको समयमा क्षयरोगका बिरामीहरूलाई निःशुल्क उपचार अनि निःशुल्क औषधी खादै आएका बिरामीहरूलाई अब कसले निःशुल्क उपचार गर्ला ? अनि ति बिरामीहरूलाई कसले निःशुल्क क्षयरोगको औषधी खुवाउला ? अनि लक्षित वर्गलाई कसले उपचार गर्ला ? अनि कुपोषित बालबालिकाहरूको जीवनरक्षा कसले गर्ला ? अनि तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल मार्फत एकद्वार संकट प्रणालीले दिने हिंसामा परेका महिलाहरूको स्वास्थ्य उपचार कसले गर्ला ? उनीहरूलाई निःशुल्क मनोपरामर्श कसले गराउला ? बलात्कृत भएर गर्भवती भएकी किशोरी तथा महिलाहरूलाई सुरक्षित सेवा अनि निःशुल्क उपचाल कसले गर्ला ? अनि कुष्ठरोगका बिरामीहरूलाई कसले औषधीको खुवाउला ? अनि सामान्य वर्गका बिरामीहरूले स्वास्थ्य सेवा लिनको लागि मात्रै एक सय रूपैयाँ शुल्क कहाँवाट बुझाउलान् ? अनि अनपेक्षित बिरामी वा दुर्घटना भएर स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मीक सेवा लिनुपर्ने अवस्था आयो भने इमरजेन्सीको टिकटको लागि दुई सय रूपैयाँ कसरी बुझाउलान ? यस्तै–यस्तै प्रश्न उब्जिएका छन् हरेक व्यक्तिहरूको मनमा । यो सेवा महंगो भएपछि धेरै सेवाग्राही आक्रोसित पनि छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवाको नाममा गरेको शुल्क बृद्धि गरेको बंगलाचुली गाउँपालिकाकी सन्ध्या परियारलाई थाहै थिएन् । उनले प्रतिष्ठानमा स्वास्थ्य जाँच गराउनको लागि एक सय रूपैयाँको टिकट मात्रै होला भनेर कल्पना गरेकी थिईनन् । ‘स्वास्थ्य जाँच गराएर मात्रै घर फर्किने त होला, औषधी किन्न पैसा त नपुग्ने भयो’ परियारलाई जाँच गराउनसँगै आएका उनका श्रीमानले निराश हुँदै भने । उनले पेटको भिडियो एक्सरे गराईन्, रगत जाँच गराईन अनि औषधी नकिनेर घर फर्किन् ।

वास्थ्य जाँच गराउन आउने बिरामी पालो कुरेर बस्ने कुर्सीहरू खाली थिए । अस्पतालमा डाक्टरहरू बाहिर घाम तापिरहेका थिए । भवन उही, सुविधा उहि हुँदा प्रतिष्ठानले बढाएको शुल्कको बारेमा सरोकारवालाहरू आपत्ति जनाएका छन् ।

‘जिउ (स्वास्थ्य) जाँच गराउँदा पर्चा (टिकट) काट्दा मात्रै पैसा सकियो’ अब औषधी केही दिन काम गरेपछि पैसा कमाएर किन्नुपर्ला’ उनले भनिन् यसपटक उपचार नगरेर फर्कनुप¥यो । प्रतिष्ठानमा यसरी शुल्क महंगो होला भनेर कहिले कल्पना नगरेको बताए । स्वास्थ्य जाँच गराउन भिड लाग्ने त्यो बेलाको राप्ती उपक्षेत्रीय अस्पताल यतिबेला सुनसान छ । आकस्मीक बिरामीबाहेक फाटफुटमा सामान्य बिरामीहरू मात्र थिए । बुधवार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश टुडेकर्मी पुग्दा स्वास्थ्य जाँच गराउन आउने बिरामी पालो कुरेर बस्ने कुर्सीहरू खाली थिए । अस्पतालमा डाक्टरहरू बाहिर घाम तापिरहेका थिए । भवन उही, सुविधा उहि हुँदा प्रतिष्ठानले बढाएको शुल्कको बारेमा सरोकारवालाहरू आपत्ति जनाएका छन् । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले प्रतिष्ठानबाट भएको सेवा शुल्क बृद्धि फिर्ता गर्न अनुरोध गरेको छ । स्वास्थ्य संयोजक नारायण घर्तीले नेपाल सरकारले सरकारी अस्पतालसँग जनतालाई निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रमहरू कसरी समन्वय गर्ने भन्ने विषय चिन्ता व्यक्त गरे । नेपालको संविधानले मौलिक अधिकार स्थापित गरेको सन्दर्भमा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम प्रभावित हुने बताएका छन् । घोराही उपमहानगरपालिका प्रवक्ता भरत अर्यालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुल्क बृद्धिको फिर्ता गर्न अनुरोध गरेका छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामान्यरूपमा बच्चा जन्मिएमा पनि प्रतिष्ठानलाई तीन हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने निर्णय सार्वजनिक गरेको छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा १२ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने निर्णय गरेको छ । पहिले अस्पतालले ठूलो सर्जरी गर्दा लिने पाँच हजारलाई बढाएर १२ हजार पु¥याएको छ । विगतमा बिरामीले शैयाको प्रयोग गरेबापत पैसा तिर्न नपर्ने र अब प्रतिव्यक्ति एक सय रूपैयाँ तिर्नुपर्ने भएको छ । मध्यम शल्यक्रिया गर्दा एक हजारलाई बढाएर छ हजार पाँच सय रूपैयाँ पु¥याइएको छ । सामान्य शल्यक्रिया गर्दा लाग्ने एक हजार पनि बढेर दुई हजार पाँच सय रूपैयाँ पुगेको छ । निःशुल्क ल्याब सर्जरी हुँदै आएपनि अहिले १५ हजार रूपैयाँ तिर्नुपर्ने भएको छ । प्रतिष्ठानले सार्वजनिक गरेको मुल्यदरमा पहिले पैसा नलाग्ने जनरल एनेस्थेसिया गर्दा अब तीन हजार पाँच सय र स्पाइनल एनेस्थेसियाको दुई हजार पाँच रूपैया तिर्नुपर्ने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले अस्पतालको सेवामा गुणस्तर ल्याउनको लागि नै सेवा शुल्क बृद्धि गरेको बताएका छन् । प्रष्तिष्ठानलाई धान्नको लागि र गुणस्तर सेवाको लागि शुल्क बृद्धि गरेको उनको दाबी छ । ‘अस्पतालको सेवमा गुणस्तर ल्याउनुपर्छ र यहाँका जनताले गुणस्तर सेवा पाउनुपर्छ भन्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानको धारणा हो’ रजिष्टार प्याकुरेलले भने ‘हामीले शुल्क बृद्धिको विषयमा जनतालाई कति बुझाउन सक्याँै भन्ने मात्रै कुरा हो ?’ अस्पतालमा सुधार ल्याउनको लागि विशेषज्ञ डाक्टर, वेड, अस्पतालको सरसफाईको लागि बढी खर्च लाग्ने भएकाले नै शुल्क बृद्धि गरेको उनले बताए । प्रतिष्ठानको आयश्रोत विद्यार्थीको शुल्क र बिरामीको स्वास्थ्य परिक्षण तथा सेवा लिएको शुल्क भएको उनले बताए । ‘त्यो शुल्क पनि अन्य जिल्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेरेर मात्र शुल्क निर्धारण गरेका हाँै’ उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here