Sunday, April 21, 2024
Homeमुख्य खबरमसाललाई सम्मान

मसाललाई सम्मान

- Advertisement -spot_img

घोराही, १४ जेठ । स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष केवि मसाललाई सम्मान गरिएको छ । स्वतन्त्र पत्रकार महासंघ दाङले तेस्रो अधिवेशनबाट निर्वाचित भएका केन्द्रीय अध्यक्ष मसाललाई सम्मान गरिएको हो ।
स्वतन्त्र पत्रकार महासंघ दाङका अध्यक्ष भुवन गौतमको अध्यक्षतामा एवं स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा केन्द्रीय अध्यक्ष मसाल र प्रदेश नं. ५ का अध्यक्ष विष्णुकुमार देवकोटालाई सम्मान गरिएको हो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारको मान्यतालाई ध्यानमा राखेर पत्रकारिता गर्न अनुरोध गरेका थिए ।
पछिल्लो समयमा पत्रकारहरुको विभिन्न आरोप, आक्षेपहरु लाग्ने गरेको हुँदा त्यसबाट बचेर स्वच्छ, निष्पक्ष कलम चलाउन सुझाव दिएका थिए । स्वतन्त पत्रकारिता मार्फत सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा कलम चलाउन सुझाव दिएका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष केवि मसालले कुनै पनि प्रलोभनमा नपरेर कलम चलाउन सुझाव दिएका थिए । ‘पत्रकारहरुले पैसामा बिक्छन् भनेर आरोप लाग्ने गरेको छ’ कार्यक्रममा उनले भने ‘त्यसका साथै राजनीतिक पूर्वाग्राही भएर पनि कलम चलाउनु पर्छ ।’
त्यसैगरी स्वतन्त्र पत्रकार संघका प्रदेश नं. ५ का अध्यक्ष विष्णुकुमार देवकोटाले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पत्रकारहरुको हकहितको लागि आवाज उठाउने उनले बताएका थिए । प्रदेश पार्षद् सुनिलकुमार देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष अनिल अधिकारीले गरेका थिए ।
गृह जिल्लाबाट नै केन्द्रीय अध्यक्ष र प्रदेश अध्यक्ष पाउँदा खुशी व्यक्त गरेका थिए । स्वतन्त्र पत्रकार महासंघको भर्खरै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here