Thursday, April 25, 2024
Homeमुख्य खबरमन्त्रालयका सचिवद्वारा अनुगमन

मन्त्रालयका सचिवद्वारा अनुगमन

- Advertisement -spot_img

देउखुरी, २ चैत । प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेल नेतृत्वको टोलीले शुक्रबार देउखुरी उपत्यकाका विभिन्न क्षेत्रका वनहरुको अनुगमन गरेको छ ।
टोलीले लमही नगरपालिका–६ मा रहेको सिसौ बगर रामुदायिक वन, राप्ती पारिका अन्य विभिन्न सामुदायिक वनहरुको अवलोकन गरेको हो ।
यसैबीच लमही नगरपालिका–६ स्थित सिसौबगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यराज गौतमले सचिव पौडेललाई सिसौबगरको संरक्षण, पोखरीमा जलासय निर्माण र नदीजन्य पदार्थको बारेमा विस्तृत जानकारी गराएका छन् ।
उक्त अवसरमा वन मन्त्रालयका सचिव पौडेलले नदीजन्य पदार्थको उत्खनन् र नियन्त्रण, कटान रोक्ने र तटबन्धन निर्माणको कार्यमा सबै अग्रसर हुन आवश्यक रहेको बताए । उक्त अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीको पनि सहभागिता थियो । अनुगमन टोलीले मध्यनगर र हस्नापुरलगायतका क्षेत्रको पनि अनुगमन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here