Monday, April 22, 2024
Homeफिचरभैसीपालनबाट मनग्गे आम्दानी

भैसीपालनबाट मनग्गे आम्दानी

- Advertisement -spot_img

सल्यान, ७ असोज । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ सल्लीबजारमा एक अपाङ्ग व्यक्तिले भैसीपालनबाट मनग्गे आम्दानी गर्ने गरेका छन् ।
कुमाख गाउँपालिका वडा नं. २ खारखोलाका याम बहादुर बुढाले दुई वर्षदेखि भैसीपालन गरेर मनग्गे आन्दानी गरेका छन् । १३ वर्षदेखि अस्थायी रूपमा सल्लीबजार बस्दै आएका बुढा पहिले गाडीमा सहचालक काम गर्दै आएका थिए । दुई वर्ष अगाडि गाडी दुर्घटना हुँदा उनको दायाँ खुट्टा भाँचिएको छ ।
आफूले सामान्य भैंसी हेर्ने, दूध बेच्ने काम गरे पनि श्रीमतीले नै घाँस ल्याउने काम गरेको र यसमा श्रीमती अलि बढी मेहनत लाग्ने गरेको बुढाले बताए । ठूलो तीनवटा र सानो तीनवटा सहित ६ वटा भैंसी छन् ।
दुईवटा भैंसीले अहिले दैनिक २४ माना दूध दिने गरेको मासिक २५ हजारसम्म कमाई हुने गरेको छ । ‘अहिले दूध सल्लीबजारमा नै खपत हुने गरेको र बजारको माग अनुसार बजारमा नै दूध पु¥याउन सकिएको छैन’ उनले बताए ।
साथै ३ रोपनी जग्गा वार्षिक १२ हजार रुपैयाँ भाडामा तिरेर तरकारी गरिरहेको र अहिले आधा÷आधा रोपनीमा घाँस र तरकारी खेती गरेर आफूले तरकारी खेतीबाट पनि मासिक ८÷९ हजार कमाउने गरेको बताए ।
भैंसीपालन र तरकारी खेतीबाट गरेर मासिक ३५ हजार बनाउने र छोराछोरी पालनपोषण, पढाइ खर्च जुटाउन समस्या नभएको बताए । आफूने भैंसीपालन र तरकारी खेती नगरेको भए अहिले सायद बजारमा बस्ने वातावरण भन्दा गाउँघरमा समेत बस्न नसक्ने र सडकमा बसेर मागी खाने अवस्था आउने उनले बताए ।
उनले भने ‘अहिले नेपालका अधिकांश युवाहरू विदेशको खाडी मुलुकमा भौतारी रहेको, दैनिक नेपाल लाश आउने गरेको, विदेशमा गएर अङ्गभङ्ग हुने गरेको बेला त्यो लगानी लगाएर विदेशको जति दुःख आफ्नै देशमा गरेर कृषि खेती, भैंसीपालन, बाख्रापालनलगायतका काम गरेमा आफ्नै देशमा केही गर्न सकिने भएकोले अब सबै विदेशभन्दा स्वदेशमा केही गर्नुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here