Friday, April 26, 2024
Homeफिचरभाषा संस्कृति संरक्षणमा राष्ट्रको दायित्वः महरा

भाषा संस्कृति संरक्षणमा राष्ट्रको दायित्वः महरा

- Advertisement -spot_img

घोराही, ३ चैत । संघीय संसदका सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले शनिबार घोराहीमा आयोजना गरेको मगर साँस्कृतिक भेषभूषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए ।
संविधानले बहुपहिचानयुक्त राष्ट्र स्विकार गरेको भन्दै सभामुख महराले सबै समुदायको ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कीर्तिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले भाषा संस्कृति संरक्षण गर्न अझै कानुनको अभाव रहेको र सरकारले छिट्टै मस्यौदा बनाउने पनि जानकारी दिए ।
आफू पनि मगर समुदायमै हुर्किएको भन्दै सभामुख महराले राजनितिक यात्रामा मगर समुदायको भूमिकाले नै आफू उच्च स्थानमा पुगेको स्मरण गरे । यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफूले ५० हजार रुपैयाँको अक्षकोष स्थापना गरेको र यस बर्ष पनि थप ५० हजार रुपैयाँ दिने घोषणा गरे ।
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताए । घोराही उपमहानगरपालिकाले नगरका सबै समुदायको भाषा, भेषभूषा र संस्कार संस्कृतिलाई बचाउन निति नै लिएको उल्लेख गरे ।
भेषभूषाले पहिचान दिने र यसको संरक्षणमा सम्बन्धित समुदाय र सरकार जिम्मेवार हुने बताए । परिवर्तनका नाममा विभिन्न चलन र संस्कार भित्रिन लागेको भन्दै उनले आफ्नो संस्कार संस्कृतिलाई जगेर्ना गर्नु प्रमुख दायित्व हुने बताए ।

भाषा, संस्कृति संरक्षणका लागि अध्ययन सुरु

यसैबीच प्रदेश नम्बर ५ सरकारले प्रदेशको भाषा तथा संस्कृति संरक्षणका लागि अध्ययन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएर अध्ययन थालेको हो ।
कार्यदलको अध्ययनका आधारमा प्रदेशमा बोलिने भाषा, कला, संस्कृति र साहित्यको संरक्षणका लागि प्रदेश प्रतिष्ठान गठन गर्ने मन्त्री सुदर्शन बरालले बताए । मन्त्रालयले भाषा, कला साहित्य अध्ययन, पुरातात्विक स्थलहरूको संरक्षण तथा पुरातात्विक स्थलहरूको खोजी गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको छ ।
यसमध्ये प्रदेशस्तरमा बोलिने भाषाहरूको अध्ययन तथा संरक्षणसम्बन्धी गोष्ठी, अन्तरक्रिया, कार्यशाला, बैठक सञ्चालन गर्न १० लाख रकम विनियोजन गरेको छ । प्रदेश नम्बर ५ का १२ जिल्लामा ८५ भाषा बोलिने गरिएको छ । नेपाली भाषा २३ लाखले बोल्ने गरेका छन् ।
५ लाख ६८ हजार जनाले थारु, ४ लाख ९८ हजारले अवधि, ३ लाख २६ हजारले भोजपुरी र मगर भाषा बोल्नेको जनसंख्या १ लाख ९६ हजार छ । २७ भाषा भने निकै कम व्यक्तिले बोल्छन् । लोप हुन लागेका भाषालाई बचाउने तथा भाषाजन्य संस्कृति संरक्षण गर्न विद्यालय तथा समुदायस्तरका कार्यक्रम सञ्चालन हुने मन्त्री बरालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here