Friday, April 26, 2024
Homeमुख्य खबरब्यवसायी संघको अधिवेशन १५ गते

ब्यवसायी संघको अधिवेशन १५ गते

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले संघमा आवद्ध हुन चाहने नयाँ सदस्यका लागि सदस्यता खोलेको छ । संघको नयाँ सदस्यता लिन चाहने र पुराना सदस्यहरुलाई नवीकरणका लागि मंसिर १२ गतेसम्मको मिति तोकिएको संघले जनाएको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरको साधारणसभा तथा अधिवेशनको मिति मंसिर १५ गते तुलसीपुरमा गर्ने मिति तोकेकोले सदस्यताको समय १२ गतेसम्मको समय राखेको संघका अध्यक्ष जनक प्रसाद खरालले बताए । संघ अधिवेशनको तयारीमा रहेकाले साधारणसभा तथा अधिवेशनमा सहभागी हुनलाई सदस्यता नवीकरण अनिवार्य भएकाले सबै प्रजातन्त्रवादी ब्यवसायी साथीहरुलाई सदस्यता नवीकरण गर्न अनुरोध गरिएको संघका सूचना तथा सञ्चार उपसमितिका संयोजक नेत्रलाल वलीले जानकारी दिए । उनले १२ गतेसम्म नयाँ सदस्यता र नवीकरणको मितितय भएकाले यो समयभित्र सदस्यता नवीकरण गर्नसमेत संघले आग्रह गरेको छ ।
संघको साधारण सभाका लागि विभिन्न उपसमितिसमेत गठन गरेको छ । १५ गते शनिबार हुने साधारण सभा तथा अधिवेशनलाई सफल पार्न ११ वटा उपसमिति गठन गरी तयारीलाई तिव्रता दिइएको सञ्चार तथा सूचना उपसमिति संयोजन वलीले बताए । संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी मंसिर १५ गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । खरालकै संयोजकत्वमा आयोजक समिति गठनसमेत गरिएको वलीले बताए ।
साधारणसभा सम्पन्न गर्न होमप्रकाश गौतमको संयोजकत्वमा आर्थिक समिति, पूर्णप्रसाद धितालको संयोजकत्वमा सदस्यता नवीकरण तथा वितरण उपसमिति, नेत्रलाल वलीको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति, गोकर्ण गिरीको संयोकत्वमा अतिथि सत्कार उपसमिति, झलक केसीको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति, नवीन बुढाथोकीको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति, वेनु अधिकारीको संयोजकत्वमा महिला परिचालन उपसमिति, मोहन धितालको संयोजकत्वमा निर्वाचन समिति, बलिराम खत्रीको संयोजकत्वमा पार्टी तथा संघसंस्था समन्वय उपसमिति, दिलबहादुर वलीको संयोजकत्वमा सचिवालय, यमकान्त भण्डारीको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति र ऋषि भण्डारीको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here