Sunday, April 21, 2024
Homeफिचरबिरुवा रोप्दै तुलसीपुर उपमहानगर

बिरुवा रोप्दै तुलसीपुर उपमहानगर

- Advertisement -spot_img

तुलसीपुर, ५ भदौ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियानअन्तर्गत सडक किनारमा विभिन्न बोटविरुवा रोपिएको छ । अभियानको १०५औँ शृङ्खलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिका विरुवा रोपिएको हो । अभियानको सुरुवात गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य र सुन्दरताको लागि सबैले बोटबिरुवा रोप्नुपर्ने कुरामा जोड दिएका थिए । वातावरण संरक्षण मानव स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण भएकाले सबैले रुख विरुवा रोप्नका लागि ध्यान दिनुपर्ने बताए । तुलसीपुर उपमहानगरले पछिल्लो समय सरसफाई अभियानका साथमा बिरुवासमेत रोप्दै आएको छ । नगरका सम्पूर्ण गल्लीहरुमा विरुवा रोपिने विपद् तथा वातावरण समितिका संयोजक नवराज लामिछानेले बताए । उनले विरुवा जोगाउनका लागि घरधनीहरुले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here