Saturday, April 27, 2024
Homeमुख्य खबरबाढी र पहिरोको जोखिममा दाङ

बाढी र पहिरोको जोखिममा दाङ

- Advertisement -spot_img
तुलसीपुर, २३ असार । दाङसहित देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिरोको जोखिम बढेको छ । आइतबारदेखि शुरु भएको मनसुन लामो समय रहने हुँदा तराईमा बाढीको जोखिम रहेको र पहाडमा पहिरोको जोखिम रहेकाले सचेत रहन मौसमविद्हरुले जनाएका छन् । तराईका नदी आसपासका बस्तीका नागरिक बाढीको उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रहसमेत गरिएको छ ।
दाङका करिब ८० क्षेत्रहरु बाढी र पहिरोको जोखिममा रहेको विपद् जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ अनुसार उच्च र मध्यम गरी दश स्थानीय तहका ७९ वडाहरु बाढी र पहिरोको जोखिममा देखिएका हुन् ।
विपद् जोखिम विश्लेषणको सूचक अनुसारको एकीकृत तालिका अनुसार ३६ वटा वडा बाढी र ६ वटा वडा पहिरोको उच्च जोखिममा देखिएको छ । त्यस्तै मध्यमतर्फ २१ वडा बाढीको र ६ वटा वडा पहिरोको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
उच्च जोखिममा पर्ने पालिकाका वडाहरुमा राप्ती गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्म, गढवा गाउँपालिकाको १ देखि ७ सम्म, राजपुर गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्म, दंगीशरणको १ र २ नम्बर वडा बाढीको उच्च जोखिममा रहेको विश्लेषण गरिएको छ । त्यसैगरी, बबई गाउँपालिकाको १ र ७, शान्तिनगर गाउँपालिकाको ५, ६ र ७, लमही नगरपालिकाको २, ४, ६, ७ र तुलसीपुर उपमहानगरको ५, ११ र १३ नम्बर वडा बाढीको उच्च जोखिममा रहेका छन् ।
विपद् व्यवस्थापन समितिका अनुसार मध्यम जोखिमतर्फ तुलसीपुर उपमहानगरकोे वडा नम्बर १, २, ३, ४, ७, १२, १४, १५, १६, १७, १८ र १९ नम्बर वडा परेका छन् ।
यसैगरी, घोराही उपहानगरको वडा नम्बर ३, ५, ८, ९, ११, १२, लमही नगरपालिकाको ८, ९ र गढवा गाउँपालिकाको वडा नम्बर ८ बाढीको मध्यम जोखिममा देखिएका छन् । दाङमा पहिरोको उच्च जोखिममा ६ वटा वडाहरु परेका छन् ।
बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३, ४, ५ ६ र शान्तिनगरको १ र ३ नम्बर वडा पहिरोको उच्च जोखिममा छन् । साथै बबई गाउँपालिकाको वडा नम्बर २ र ३, बंगलाचुलीको १, २, ८ र राप्ती गाउँपालिकाका वडा नम्बर ९ पहिरोको मध्यम जोखिममा रहेका छन् ।
विगतका वर्षहरुमा बाढीले दाङमा ठूलो जनधनको क्षति गरे पनि त्यसको प्रतिकार्यका लागि आवश्यक तयारी भने देखिएको छैन् । दाङका दशवटै स्थानीय तहमा विपद् पूर्वतयारीका योजनाहरु भने शुन्य रहेका छन् ।
विपद् व्यवस्थापन समिति गठन भए पनि स्रोत साधनमा स्थानीय तहहरु खाली रहेका छन् । तालिम प्राप्त सुरक्षाकर्मी, उपचारका लागि स्वास्थ्यकर्मी, उद्धार तथा पुनस्र्थापनका लागि स्रोत सामाग्रीहरु तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here