Saturday, April 27, 2024
Homeफिचरबाख्रा पाउँदा किसान उत्साहित

बाख्रा पाउँदा किसान उत्साहित

- Advertisement -spot_img

तुलसीपुर, ११ चैत । व्यवसायीक बाख्रापालन गरिरहेका किसानहरुलाई तुलसीपुर उपमहानगरपालिकाले बाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्वर १४ ले व्यवसायीक किसानहरुलाई बाख्रापालनका लागि बाख्रा वितरण गरेको हो ।
किसानहरुलाई बाख्रा वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले कृषकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालनमा उपमहानगरपालिकाले ध्यान दिएको बताए । उनले जीवन निर्वाहमुखी कृषि प्रणालीभन्दा माथि उठेर व्यवसायीक ढंगले कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए । विकास भनेको पूर्वाधार निर्माण मात्रै नभएर मानिसको जीवनस्तर बदल्नु भएको उनको भनाइ थियो । ‘काम, परिश्रम र आम्दानी बढाउनका लागि हामी सधै लाग्नुपर्दछ’ नगरप्रमुख पाण्डेले भने ।
उक्त अवसरमा ३४ वटा किसानहरुलाई दुईवटा र ११ किसानहरुलाई एक÷एकवटा गरी ७९ वटा बाख्रा वितरण गरिएको थियो । पाँचवटा माउ बाख्रा भएकालाई दुईवटा र सोभन्दा कम भएकालाई एउटा बाख्रा वितरण गरिएको थियो । कार्यक्रममा किसानहरुलाई पशुपालनका बारेमा जानकारी दिदै पशु शाखा प्रमुख सुदाम भट्टले हाडनाता प्रजनन् गराउँदा बाख्राको उत्पादन घट्दै गएको बताएका थिए ।
उनले घाँसमा आधारित पशुपालनमा किसानले ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नेकपाका नेता लक्ष्मण शर्मा, वलबहादुर विक, समाजसेवी हुर्मत केसीलगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सीता केसीको स्वागत मन्तव्य र सहजीकरण बन्धु चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here