Friday, April 26, 2024
Homeफिचरबाँसगढीमा ज्ञानमहायज्ञ सञ्चालन हुँदै

बाँसगढीमा ज्ञानमहायज्ञ सञ्चालन हुँदै

- Advertisement -spot_img

तुलसीपुर, २७ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढीमा असोज २९ गतेदेखि श्रीमद्भागवत सप्ताह महायज्ञ सुरू हुने भएको छ । आधुनिक धर्मशाला निर्माणार्थ एवं मन्दिरको स्तरोन्नतीका लागि ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको श्रीमद्भागवत सप्ताह महायज्ञ मुलआयोजक समितिले जानकारी दिएको छ ।
हिन्दूधर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रूपमा विकास गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देवीस्थान मन्दिरको प्राङ्गणमा ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको मूलआयोजक समितिले जनाएको छ । ज्ञानमहायज्ञमा नेपालका ख्यातिप्राप्त पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवत अभियान्ता हरिचन्द्र तिमल्सिनाले धार्मिक प्रवचन प्रस्तुत गर्ने छन् । कार्तिक ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा भागवत पाठपारायण, भजनकीर्तनका साथै देवलीला झाँकी प्रदर्शनसमेत प्रस्तुत गरिने भएको छ ।
यसैगरी ज्ञानमहायज्ञलाई व्यवस्थित, सभ्य र भव्य बनाउनका लागि विभिन्न व्यक्तिहरूको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ । जसमा मूल आयोजक समितिको संयोजकमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष भाष्कर मजगैँया रहेका छन् । यस्तै आर्थिक संयोजकमा नवीन कुमार पोख्रेल मजगैयाँ रहेका छन् भने सुनिल कुमार पोख्रेल मजगैँया प्रचारप्रसार संयोजक, टेसीराज पोख्रेल मजगैँया स्वयंसेवक संयोजक रहेका छन् । यस्तै रविराज गौतमको संयोजकत्वमा स्वागत तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here