Wednesday, April 24, 2024
Homeफिचरबस दुर्घटना, १७ जनाको मृत्यु

बस दुर्घटना, १७ जनाको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर, ७ पुस । कृष्णसेन ईच्छुक बहुप्रतिक्षित प्राविधिक शिक्षालय दाङका शिक्षक विद्यार्थी चढेको बस दुर्घटना हँुदा १७ जनाको मृत्यु भएको छ । घोराहीमा भर्खरै मात्र सञ्चालन आएको कृष्णसेन ईच्छुक बहुप्रतिक्षित प्राविधिक शिक्षालय दाङमा बोटनी विषय अध्ययनरत विद्यार्थी प्रयोगात्मक अध्ययनका लागि सल्यान गएर फर्कदै गर्दा दुर्घटना भएको हो ।
बोटनी विषयको प्रयोगात्मक अध्ययनका लागि सल्यानको छाँयाक्षेत्र, कपुरकोट पुगेर फर्किदै गरेको शिक्षालयका शिक्षक, विद्यार्थी, चढेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला, १३ जना पुरुष रहेको दाङ प्रहरीले जनाएको छ । तुलसीपुर–कपुरकोट सडक खण्डको तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ३ राम्रीमा बस सडकदेखि ७ सय मिटर तल खोलामा खस्दा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बस भाडामा लिएर शिक्षालयका विद्यार्थीहरु शैक्षिक अध्ययनको लागि सल्यानको छाँयाक्षेत्र, कपुरकोटमा रहेको मुलपानी वनस्पती उद्यानमा गएका थिए । १५ जना घाइते भएका छन् । मृतकको राति अबेरसम्म पनि सनाखत हुन सकेको छैन । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुर र नेपालगंजमा उपचार भइरहेको छ । राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि चारजनालाई नेपालगंज रिफर गरिएको छ ।

बोटनी विषयको प्रयोगात्मक अध्ययनका लागि सल्यानको छाँयाक्षेत्र, कपुरकोट पुगेर फर्किदै गरेको शिक्षालयका शिक्षक, विद्यार्थी, चढेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला, १३ जना पुरुष रहेको दाङ प्रहरीले जनाएको छ ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले सल्यानको कपुरकोटबाट घोराही फर्कदै गरेको बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री नजिकै सडकबाट करिब ६÷७ सय मिटर तल खोलामा खसेको बताए । उनले बस क्षतविक्षत भएको तथा भीरमा र खोल्सामा गरेर १७ जनाको शव फेला परेको बताए । उनले १५ जना घाइतेको उद्धार गरिएको बताए । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयहरु उद्धारमा खटिएका थिए । बसमा ३४ जना विद्यार्थी, २ जना शिक्षक र दुईजना गाडी स्टाफ रहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परेका १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुमा जुम्ला तातोपानी गाउँपालिका १५ का बर्ष १८ की हिमाली हमाल, चन्दनाथ गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष १६ का कुशेन्द्र खत्री, जुम्ला चन्दनाथ २ का बर्ष १७ का जीवन भण्डारी, दाङ–घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुर की वर्ष १७ की समीक्षा रोकाया, घोराही १९ स्यूजा बस्ने बर्ष १७ का मेनुका रिजाल, अछाम मंगलसेन नगरपालिकाका बर्ष १८ को विक्रम भण्डारी, रुकुम त्रिवेणी गाउँपालिका वडा नम्बर ३ बर्ष १६ का प्रेम बहादुर खड्का, पर्शा रोकाया, अछाम मंलगसेन नगरपालिकाका वर्ष १९ का युवराज ढुंगाना, रुकुम सानोभेरी गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष १६ की रोजिना पुन, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १४ का बर्ष १८ को संजय खनाल, रुकुम अर्माका बर्ष १९ को राजन डाँगी, अछाम मंगलसैन नगरपालिका वडा नम्बर ५ का भद्र बिष्ट, रोल्पाका प्रकाश वली रहेका छन् । एकजना पुरुषको घाइतेको परिचय नखुलेको दाङ प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here