Tuesday, April 23, 2024
Homeसम्पादकीयबसपार्कमा लगानी

बसपार्कमा लगानी

- Advertisement -spot_img

सहरको सुन्दरता र पहिलो पहिचान बसपार्कबाट नै सुरू हुन्छ । बसपार्कबाट नै त्यस सहरकको प्रारम्भिक अवस्था आँकलन गर्न जो कोहिले पनि सकिन्छ । विभिन्न प्रकारका मानिसको पहिलोथलो बसपार्क नै हो । क्षेत्र र जिल्ला देशका मानिसहरूको नगरको र जिल्लालाई नजिकबाट बुझ्न सुरू पनि यहिबाट हुन्छ । जहाँबाट आए पनि गन्तब्य बसपार्क नै हो ।
स्थल यातायात सेवा लिनेहरूको लागि । त्यहि बसपार्क अब्यवस्थित र अब्यहारिक भए त्यसले सिङ्गो जिल्लालाई नै लज्जित पनि बनाउँछ भने बसपार्क क्षेत्रप्रतिको नकारात्मकता बढाउँछ ।
जिल्लामा साना ठूला गरेर दर्जन सहरहरू छन् । ती सबै सहरमा बसपार्कको राम्रो व्यवस्थापन हुन सकेको छैन । केही ठूला सहरहरूले मात्रै बसपार्कलाई व्यवस्थित र आकर्षक बनाउन थालेका छन् ।
तुलसीपुरमा आधुनिक बसपार्क निर्माण भइसकेको छ । भने घोराही र लमहीमा आधुनिकताको अन्तिम चरणमा पुगेका छन् । यसले पनि पछिल्लो समय स्थानीय सरकारहरूसमेत बसपार्कको व्यवस्थापनका लागि चासो दिएको देखिन्छ ।
दाङमा रहेका बसपार्कहरू व्यवस्थित र सुविधायुक्त बन्न र बनाउन थालिनु दाङकै गौरवको विषय हो । बसपार्कका यस्ता परियोजनाले जिल्लालाई विकाससँग पनि जोड्ने गर्दछ ।
एक दुई ठाउँमा मात्रै हैन यस्ता विकासले सबै क्षेत्र र सहरहरू समेट्न सकेमा मात्रै जनताको अपेक्षा र भरोसाले स्थायित्व पाउने छ । विगत लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका तुलसीपुर, घोराही र लमहीका बसपार्कहरू अव्यवस्थित र आधुनिक भइरहदा अन्य उदाउँदा सहरहरूमा पनि यसको आवश्यकता औलिएको छ । करोडौ लगानी गरेर बसपार्कहरू आधुनिक र व्यवस्थित बनाइदैछ ।
बसपार्कको अब्यवस्थित समस्यालाई समाधान गर्न बसपार्कहरू व्यवस्थित बनाउन गरिएको पहल सकारात्मक छ । जिल्लामा रहेका १० वटा स्थानीय सरकारले यस्ता पहलकदमीलाई निरन्तरता दिनसकेमा अनुभूति हुने गरी स्थानीयस्तरमा विकास पक्कै पनि हुनेछ ।
अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको तुलसीपुरको नयाँ बसपार्क आधुनिक बन्नु यसकै सिलसिला मान्न सकिन्छ । करिव साढे १० करोडको लागतमा ५ विगाह क्षेत्रफलको जग्गामा तुलसीपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण गरिएको छ । जहाँ एकैपटक तीन सय बसहरू अटाउने गरी तयार पारिएको छ ।
बसपार्कले यात्रु र सवारी साधनलाई सहजता कायम गर्ने हो । व्यस्थित भएमा राहत गराउँछ भने अब्यवस्थित भएका यात्रुलाई आहात नै हुने गर्छ । जिल्लामा बसपार्कहरू निर्माण हुनु राम्रो हो । यसलाई व्यवस्थापनमा पनि त्यतिकै ध्यानमा राखेर जान सक्नुपर्छ । एकपटक निर्माण गर्ने र त्यसको सम्भार गर्न नसक्ने हो भने त्यो विकास दीर्घकालिन पनि हुँदैन । त्यसतर्फ भने स्थानीय सरकारले चासो र ध्यान दिन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here