Friday, April 26, 2024
Homeसमाजबबईमा सडक कालोपत्रे

बबईमा सडक कालोपत्रे

- Advertisement -spot_img

घोराही, १९ चैत । दाङको बबई गाउँपालिकामा सडक कालोपत्रे गर्न शुरु गरिएको छ । यसअघि सडक कालोपत्रेविहीन गाउँपालिकाको रुपमा रहेको बबई गाउँपालिकाले सडक कालोपत्रे गर्न शुरु गरेको हो ।
साझेदारी सडक कालोपत्रेअन्तर्गत बबई गाउँपालिका वडा नम्बर ४ प्रगतिनगर सडक कालोपत्रेको काम शुरु भएको छ । बबई गाउँपालिकाको ५४ लाख र जनताको १६ लाखको लागतमा ७ सय ५० मिटर लम्बाई भएको सडक कालोपत्रे गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।
साथै गाउँपालिकाले यस बर्ष गाउँपालिकाभित्र तीन किलोमिटर सडक कालोपत्रे गर्ने जनाएको छ । गाउँपालिकाले सडक सञ्जाल विस्तारमा विशेष ध्यान दिएको बताएको छ । गाउँपालिकाले करिब ९० प्रतिशत ग्रामीण बस्तीमा सडक पु¥याएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here