Thursday, May 2, 2024
Homebreaking-newsबढ्दै कृषिमा यान्त्रिकरण

बढ्दै कृषिमा यान्त्रिकरण

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १८ जेठ । पछिल्लो समय सल्यानमा कृषिमा यान्त्रिकरण बढ्दै गएको छ । यहाँका स्थानीय तहहरूले समेत कृषिको यान्त्रिकरणमा बढी जोड दिएका छन् ।
परम्परागत रूपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने किसानहरू यतिबेला मेसिनरी सामग्रीको प्रयोग गर्ने भएका छन् ।
किसानहरूको मागको आधारमा जिल्लाको कपुरकोट गाउँपालिकाले थ्रेसर, मिनीटिलर अनुदानमा वितरण गरेको छ ।
साथै ब्यवसायीक पशुपालनमा लागेका किसानलाई च्याप कटरसमेत वितरण गरेको गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा गाउँपालिकाका प्रवक्ता यमकुमार बस्नेतले जानकारी दिए । २४ वटा मिनीटिलर र १० वटा थ्रेसर र ४ वटा च्याप कटर वितरण गरिएको उनले जनाए ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पशु सेवा शाखाको ५० प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम जुटाएर च्याप कटर वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले चारथान च्याप कटर ब्यवसायीक पशुपालन गर्ने किसानहरूलाई वितरण गरेका हुन् ।
४७ हजार रूपैयाँ पर्ने च्याप कटरमा गाउँपालिकाले ३५ हजार २ सय ५० र किसानले ११ हजार ७ सय ५० रूपैयाँ ब्यहोरेको पशु विकास शाखा प्रमुख अरूणा भण्डारीले जानकारी दिइन् ।
यस्तै ५० प्रतिशत अनुदानमा २४ वटा मिनीटिलर र १० वटा थ्रेसर पनि गाउँपालिकाले आधिकारिक रूपमा दर्ता भएका किसान समूह र फर्मलाई वितरण गरेको छ ।
मिनीटिलर अनुदानमा पाएपछि मनकामना कृषि फर्म कपुरकोट–४ गाँडापानीका कृषक किरण कठायतले कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकरणले आफूजस्ता कृषकहरूलाई अति नै फाइदा भएकोले उत्पादन लागत घट्ने र उत्पादन बढ्ने विश्वास ब्यक्त गरे ।
उनले अहिले आफूले दुई रोपनी जमिनमा ब्यावसायीक रूपमा तरकारी खेती गरिरहेको जानकारी दिए । यस्तै गहुँ दाउने थ्रेसर प्राप्त गरेका हिमचुली कृषक समूह कपुरकोट–१ गर्पाका अध्यक्ष नरबहादुर सुनारले गाउँपालिकाले कृषकका लागि उपयोगी कार्यक्रम ल्याएको बताए ।
कृषि क्षेत्रलाई समयसापेक्ष यान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष सेनले कृषिमा उत्पादनमा यान्त्रिकरण र विषादीको न्यूनीकरणमा जोड दिइएको बताए ।
बाली रोप्ने, काट्ने तथा प्रशोधनमा समेत प्रविधिको प्रयोग गर्दा बढी भन्दा बढी फाइदा लिन सकिने उनको भनाई छ । सूचना प्रकाशित गरेर निर्धारित समयभित्र परेका निवेदनहरूबाट स्थलगत अनुगमन गरेर किसानको छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here