Friday, April 26, 2024
Homeमुख्य खबरबजार व्यवस्थित गरिदै

बजार व्यवस्थित गरिदै

- Advertisement -spot_img

घोराही, २९ साउन । घोराही उपमहानगरपालिका बजार क्षेत्रका व्यवसायीहरुलाई व्यवस्थित बनाउने कार्यलाई जारी राखेको छ । सडकमा फिजिएका व्यापारहरुलाई उचित स्थानमा सार्ने र सडक मिचेर बनाईएका टहराहरुलाई समेत हटाउने कामलाई जारी राखेको हो ।वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीसहित उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवर, वडा सदस्य गुलाम रसुलसहितको टोलीले सडक मिचेर राखिएका सामानलाई व्यवस्थित गर्न लगाउने र मापदण्ड मिचेर बनाईएका टहराहरुलाई हटाउने काम जारी राखेको छ ।
व्यवस्थित ढंगले व्यापार, व्यवसाय सञ्चालन भएमात्रै नगरको सुन्दरता र विकास हुने भन्दै सहज ढंगबाट पसल सञ्चालनका लागि सहयोग गरिएको वडा अध्यक्ष डाँगीले बताए । सडकमा डोकामा र सडक पेटीमा बसेर तरकारीका व्यापार गर्नेहरुलाई सब्जीमण्डीमा व्यवस्थापन गर्ने उनको भनाइ छ । त्यसैगरी मापदण्डलाई मिचेर बनाइएका टहराहरुलाई हटाउने, पार्किङलाई व्यवस्थित गर्ने, छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिने अभियान निरन्तर रहने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here