Friday, April 26, 2024
Homeअर्थफोहरबाट ग्यास निकाल्ने त्रिपक्षीय सम्झौता

फोहरबाट ग्यास निकाल्ने त्रिपक्षीय सम्झौता

- Advertisement -spot_img

एक वर्षमा ग्यास उत्पादन हुने, २० करोड लगानी

घोराही, ३ मंसिर ।
घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक बर्षभित्रबाटै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० बर्षसम्म जिम्मा दिएको हो । दुई बर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौँबीच सोमबार त्रिपक्षीय सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।
नगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन गर्ने निजी कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा साक्षीका रुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजन इन्जिनियर युवराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
निजी कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका प्रबन्धक फूलराज चौधरी र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका व्यवसाय विकास अधिकृत दिपक पौडेलले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् । २० करोड रुपैयाँको लागतमा उक्त ग्यास उद्योग स्थापना हुने छ । सो बजेटमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको रहेको छ । घोराही उपमहानगरपालिका १६ करौटी डाँडामा रहेको ल्याण्डफिल साईडमै ग्यास उद्योग स्थापना हुनेछ । अब लगत्तै निर्माणको प्रकृया थाल्ने र १४ महिनामा पछि ग्यास उत्पादन गर्ने सो कम्पनीले जनाएको छ ।
कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङ्गारिक मल उत्पादन गर्ने जनाएको छ । उत्पादन थालेको ५ बर्षसम्म घोराही उपमहानगरपालिकाले फोहर संकलन, ढुवानी गरिने र २० बर्षपछि सो कम्पनीले चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।
त्यसैगरी उत्पादनपश्चात् कूल उत्पादनको १ प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनुपर्ने छ भने पाँच बर्षपछि आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ । तत्कालीन घोराही नगरपालिकाले करिब तीन बर्ष पहिलेदेखि फोहरबाट ग्यास तथा मल उत्पादन गर्ने गरी निजी कम्पनीसँगको समन्वयमा प्रकृया थालेको थियो ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here