Saturday, April 27, 2024
Homeसाहित्यप्रेम एक ईश्वर

प्रेम एक ईश्वर

- Advertisement -spot_img

हिरा गौतम ‘हिरू’

‘प्रेम पूजा हो, प्रेम श्रद्धा हो, प्रेम ईश्वर हो । प्रेममा त्याग र समर्पण हुन आवश्यक छ । प्रेम लागाव हो, प्रेम झुकाव हो, प्रेम सहभाव हो । प्रेम मा झुक्नुपर्छ ।’
प्रेम मानिसको जीवन जिउने एक बलियो आधार हो । प्रेममा त्याग र समर्पण हुन अपरिहार्य छ । प्रकृति र पुरूष एकअर्काका परिपूरक हुन्, उनीहरू एकअर्का बिना अधूरा छन्, अपूरा छन्, जसरी कापी र कलमविना सुनौला अक्षर बन्न सक्दैनन्, त्यसरी नै प्रकृति र पुरूषविना सुन्दर संसार बन्न सक्दैन ।
नर र नारी एक सिक्काका दुई पाटा हुन्, उनीहरू बीच बेमेल भएमा जिन्दगीले ठूलो दुर्घटना व्यहोर्नु पर्ने हुन्छ । प्रेम एक आन्तरिक शक्ति हो, भित्री उर्जा हो ।
प्रेम पवित्रता हो तर वर्तमान अवस्था प्रेमलाई संकुचित अर्थ लगाउन थालिएको प्रेमको अर्थ यत्तिमा सीमित हुन थालेको छ कि कुनै केटा र केटीको स्वार्थी सम्बन्ध । अंग्रेजी शब्द ‘Love’ लाई यति सस्तो बनाइयो कि केटाकेटीहरूले नारा लगाउँदै हिड्न्छन् ।
बिडम्बना प्रेम जस्तो पवित्र चीजमा आज कलङ्क लागेको छ । अचेल त यस्तो सुन्न पाइन्छ की फलानोको फलानीसँग ‘लभ’ परेको थियो त्यसले धोका दिई । के थाहा ति विचाराहरूलाई त्यो प्रेम नभएर काममोह हो भनेर …
प्रेम एक अदृश्य शक्ति हो, जसमा दुर्जनलाई पनि सही मार्गमा डो¥याउन सक्ने ताकत हुन्छ । प्रेममा स्वार्थ र अहम्ता हुनुहँुदैन वर्तमानका नर र नारी दुबैले बुझ्नुपर्ने कुरा यो हो कि प्रेम स्वार्थ कामवास्ना पूरा गर्नका लागि जेलिने जालो होइन, प्रेमजस्तो पवित्र चीजलाई श्रद्धा गर्नुपर्छ ।
हे नर हो यो कुरा राम्रोसँग बुझ कि नारी देवी हुन्, लक्ष्मी, दुर्गा र सरस्वतीका रूप हुन ।
उनीहरू सुटकेसमा सजाएर राखेका खेलाउना होइनन् खेलाउन मन लागे खेलाइन्छ अनि फ्याक्न मन लागे फ्याकिन्छन् । त्यस्तै नारीहरूले पनि यो कुरा राम्रोसँग बुझ की नर पनि आदि पुरूष हुन, साक्षात परब्रह्मा हुन् । यति मात्रै होइनन् कि नारीका आकांक्षा पूरा गर्ने एक बलिया साधन । त्यसैले इमानदारिता त दुबैमा हुन आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here