Friday, April 26, 2024
Homeमुख्य खबरपूर्वाधारसहितको प्रहरी भवन निर्माण हुँदै

पूर्वाधारसहितको प्रहरी भवन निर्माण हुँदै

- Advertisement -spot_img

साउन, २४ सल्यान । हरेक नागरिकको शान्ति सुरक्षालाई विशेष ध्यानमा राख्दै जिल्लामा पूर्वाधारसहितको प्रहरी भवन निर्माण हुन लागेको छ । प्रहरी आम नागरिकको सुरक्षाप्रति बफादार हुन आवश्यक भएको भन्दै जिल्लामा २ करोड बराबरको लागतमा ईलाका प्रहरी कार्यलय निर्माण हुन लागेको हो ।
आम नागरिकको शान्ति सुरक्षालाई ध्यानमा राख्दै सल्यानमा २ करोड ३० लाख ७७ हजार ५ सयको लागतमा ईलाका प्रहरी कार्यालय देवस्थलको भवन निर्माण गर्न लागिएको छ ।
लामो समयदेखि जीर्ण संरचानाबाटै सेवा प्रदान गर्दै आएको प्रहरी कार्यलयकोे भवन अब पूर्वाधारसहितको निर्माण हुने भएको हो । यसका लागि जिल्लाको बनगाड कुपिण्डे नगरपालिकास्थित सल्ली बजारमा उक्त भवन निर्माणका लागि बिहीबार एक कार्यक्रमका बीच शिलान्याससमेत गरिएको छ ।
उक्त भवनको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख आतिथिसमेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्र बहादुर शाहीले समयमा नै भवन सम्पन्न भएमा यसको स्तरवृद्धिमा थप बल पुग्ने बताए ।
त्यसका लागि आफूले पहल गरिरहेको र सम्बन्धित विभागमा प्रक्रिया अगाडि बढाईसकेको बताए । उक्त क्षेत्रमा ‘ख’ वर्गको प्रहरी चौकी हुँदा जनताको आवश्यकता अुनसारको सेवा प्रदान गर्न समस्या भएको उनले बताए ।
समाजमा केहि घटना हुँदा पनि जिल्ला प्रहरी कार्यलयमै खबर गर्नुपर्ने बाध्यता रहेकाले यस समस्यालाई मध्यनजर गर्दै सल्ली बजारमा ईलाका प्रहरी कार्यलयको भवन निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
उक्त कार्यक्रमका अवसरमा भवन निर्माणको लिएको देवसिंह निर्माण कम्पनीका मालिक कृष्ण बहादुर स्वारले आफूले जिम्मा लिएको कामलाई समयमै सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएका छन् । तोकिएको समयभित्र ब्यारेक, भवन मेस, शौचालय तथा स्नानगृह सहितको भवन निर्माण गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here