Friday, April 26, 2024
Homeसमाजपुराना उस्तै नयाँ नमुना

पुराना उस्तै नयाँ नमुना

- Advertisement -spot_img

बबईका सामुदायिक विद्यालय
तुलसीपुर, १६ पुस । बबई गाउँपालिकामा सञ्चालन सामुदायिक विद्यालयहरू कतै नमुना र कतै पुरानै अवस्थामा भई सुध्रनै नसकेको देखिएका छन । गाउँपालिकाका केही विद्यालयहरूलाई हेर्दा भर्खर स्थापना भएका, शिक्षक दरबन्दी कम भएका विद्यालयहरू अब्बल सावित हुँदै गएको देखिएको छ भने पुराना, शिक्षक दरबन्दीपूर्ण भएका प्राप्त विद्यार्थी संख्या भएका त्यसमा पनि बजारका विद्यालय सुध्रन नसकेको देखिएको हो । राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम (इजिआरपी)को सरोकारवालासँगको संयुक्त अनुगमनका क्रममा बबईका केही सामुदायिक विद्यालयको अवस्था यस्तो देखिएको हो । जिल्ला शिक्षा, इजिआरपीका टिम, गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा, वडा अध्यक्ष, इजिआरपी जिल्ला समनवय समितिको संयुक्त अनुगमनमा यस्तो देखिएको छ । अनुगमनमा गाउँपालिका केन्द्र रहेको क्षेत्र हापुरेकै सामुदायिक विद्यालयहरूको गुणस्तर र ब्यवस्थापन कमजोर देखिएको छ । भने गाउँका भर्खर स्थापना भएका विद्यालयको शैक्षिक उपलब्धी र गुणस्तर नमुनायोग्य भेटिएको अनुगमन टोलीले बताएको छ । हापुरेको जनकल्याण माविमा शिक्षण सामाग्रीको प्रयोग र सिकाइ उपलब्धि राम्रो भेटिएन । इजिआरपीले पठाएका शिक्षण सामाग्री प्रयोग नगरेको, विद्यार्थीहरूमा पनि सामान्य जान्नुपर्ने कुराहरू पनि दुई कक्षासम्म नजान्ने गरेको पाइएको छ । १२ वर्ष अगाडि स्थापना भएको प्रगतिशील आधारभूत विद्यालय भने नमुनायोग्य नै देखियो । शिक्षण सिकाइ, सिकाइ उपलब्धि, सामाग्री प्रयोग अभिभावकको सक्रियता, विद्यालय प्रशासनको भूमिका, पढाइमा विद्यार्थी सक्रियता नमुनायोग्य नै रहेछ । कक्षा ५ सम्म चलेको विद्यालयमा ४ शिक्षक मात्रै कार्यरत छन् ।
अनुक्रमका क्रममा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बबईलाई शिक्षामा नमुना बनाउने अभियान शुरू भइसकेको भन्दै राम्रालाई झनै राम्रो र नराम्रालाई राम्रो बनाइने बताए । गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा लगानीको प्रतिफल देखिने गरी खोजी रहेको बताए । उनले सुगम र दुर्गमका विद्यालयको अनुगमन गरी सिकाइमा एकरूपता ल्याउने बताए । इजिआरपीका क्षेत्रीय प्रबन्धक रामअचल यादवले राज्यले सामुदायिक विद्यालयको प्रारम्भीक कक्षाको सिकाइ सुधार गर्न कार्यक्रम लागू गरेको बताए । इजिआरपी कार्यक्रम दाङमा चालु शैक्षिक सत्रदेखि सघनरूपमा सुरू भएको छ । कक्षा तीनसम्मको सिकाइलाई प्राथमिकतामा राखेर कार्यक्रम शुरू भएको इजिआरपीका फोकल पर्सन देवमणि चौधरीले बताए । इजिआरपीले जिल्लामा ४ सय २० सामुदायिक विद्यालयमा तालिमप्राप्त शिक्षक उत्पादन गरेको र बालबालिकाका लागि शिक्षण सामाग्रीसमेत कक्षाकोठामा ब्यवस्थापन गरेको कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here