Friday, April 26, 2024
Homeफिचरपानीको स्रोत संरक्षण गरौंः सभामुख

पानीको स्रोत संरक्षण गरौंः सभामुख

- Advertisement -spot_img

सरोकारबालाको पानी चिन्ता …
घोराही, २० माघ । दाङमा खानेपानी र सिंचाईको समस्या बढ्दै गएकोप्रति पानी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणले पानीका स्रोतहरु सुुक्दै गएको र पानीको माग बढिरहेको अवस्था आएको प्रति सरोकारवालाहरुले बढी चिन्ता ब्यक्त गरेका हुन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले उपभोक्ताहरुमा पानीको माग बढ्दै जानु र पानीको स्रोत घट्दै जाँदा यो अवस्था आएको बताए । पानी बचाउन पहाडको जंगल संरक्षण गर्नुपर्ने, जथाभावी खोलाका गिट्टी, बालुवा, ढुंगा निकासी गर्ने कार्य बन्द गरिए मात्रै पानीको स्रोत संरक्षण हुने बताएका थिए ।
अव्यवस्थित रुपमा दाङमा सिमेन्ट उद्योग स्थापना हुँदा र पहाडमा जथाभावी उत्खनन भईरहदा खोलाहरुमा पानीको स्रोत घट्दै गएको उनीहरुको तर्क थियो । साधारणसभाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दाङमा पानीको स्रोत संरक्षण गर्ने हो भने ढुंगाजन्य वस्तुको जथाभावी उत्खनन गर्न रोक लगाउनुपर्ने बताए । ‘दाङका खानेपानी र सिंचाईको अभाव रहेको छ, हामीले पहिलेदेखि भोग्दै आईरहेका छौँ’ महराले भने ‘त्यसको लागि हामी स्वयम् सचेत हुनुपर्छ ।’

‘माडी डाइभर्सनका लागि पहिले कुरा मात्रै भइरहेको थियो’ उनले दाङबासीलाई विश्वस्त पार्दै भने ‘अब केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ ।’ दाङको विकासको लागि सबैको सकारात्मक भावना रहेकाले समृद्ध दाङ हुने बताए  ।

खानेपानी र सिंचाईको लागि पहिले पानीको स्रोत पत्ता लगाएर त्यसको संरक्षण गर्नतर्फ लाग्नुपर्ने बताएका थिए । ‘जति स्रोत र साधनलाई परिचालन गर्नुभएको छ, त्यतिले मात्रै पुग्दैन्’ सभामुख महराले भने ‘दीर्घकालिन हल हुने योजना बनोस् ।’ पहाडका रुखहरु काट्दै जाने अनि पानीको स्रोत खोज्दै जाने हो, भने त्यो समस्याको समाधान नहुने हुँदा त्यसको लागि राज्यलाई मात्र ताकेर बस्नु ठिक नभएको बताए । दाङमा खानेपानी र सिंचाईको समस्याको समाधानको लागि माडी डाईभर्सनको अध्ययन भईरहेकाले सरोकार समिति बनाएर गुरुयोजना बनाउने काम भईरहेको उनले बताए । ‘माडी डाइभर्सनका लागि पहिले कुरा मात्रै भइरहेको थियो’ उनले दाङबासीलाई विश्वस्त पार्दै भने ‘अब केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ ।’ दाङको विकासको लागि सबैको सकारात्मक भावना रहेकाले समृद्ध दाङ हुने बताएका थिए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वका लागि पार्टीमा नलाग्न र राम्रो मान्छेलाई नेतृत्व दिन आग्रह गरे । ‘खानेपानीको लागि व्यवस्थित गर्ने नेतृत्व छान्नुस्, पार्टी गत होइन्’ कार्यक्रममा उनले भने ‘खानेपानीको क्षेत्रमा लगानी लगाउने वातावरण हामी मिलाउँछौँ ।’ खानेपानीको नेतृत्वले नमुना काम गरेर अगाडि बढन् सकोस् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख गुणनिधि पोख्रेलले खानेपानीमा जनताको लगानी नीति आएपछि सकारात्मक प्रभाव परेको बताएका थिए । खानेपानीमा सरकारका योजनामा जनताको पनि लगानी भएपछि पानीको मुहान संरक्षण, पूर्वाधारहरुको संरक्षण हुँदै गएको उनले बताएका थिए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थले पानीको संरक्षणको विषयमा दाङबासीले समयमै सचेत नभएमा अप्ठयारा समस्या आईपर्ने बताएका थिए । त्यसको लागि सरोकारवालाहरुले ठोस नीति र योजनाहरु अगाडि बढाउनुपर्ने बताएका थिए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष डिसीले २०६४÷०६५ सालमा जिल्लामा खोलाबाट प्रति सेकेण्ड २३ लिटर पानी आउने दाङमा गत साल प्रति सकेण्ड १८ लिटर पानी झरेको बताए । पानीको समस्याबाट बच्नको लागि सबैले समयमै सोच्नुपर्ने समय आएको बताएका थिए । कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा साना सहरी खानेपानीका केन्द्रीय उपाध्यक्ष खेमराज वली, लमहीका डण्डीराम चौधरी, भरतपुरका शंकर गौतम, नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, नेकपाका नेताहरु टिकाराम खड्का, विवेक श्रेष्ठ, जनमोर्चाका सुुशील पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगायतले बोलेका थिए । संस्थाका सचिव सुमन शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ध्रुव केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष बलदेव योगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गरेका थिए । अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here