Monday, April 22, 2024
Homeमुख्य खबरपाँच वर्षे आवधिक बनाउँदै प्रदेश सरकार

पाँच वर्षे आवधिक बनाउँदै प्रदेश सरकार

- Advertisement -spot_img

घोराही, १९ भदौ । प्रदेश नम्बर ५ ले आगामी पाँच वर्षभित्र झण्डै ३० प्रतिशतमा रहेको गरिबीलाई १० प्रतिशतमा झार्ने महत्वकांक्षी योजना सहित पाँच वर्षे आवधिक योजना तर्जुमा थालेको छ । त्यसमा प्रतिव्यक्ति आयलाई एक हजार १२ डलरबाट बढाएर दुई हजार बनाउने महत्वाकांक्षी योजना पनि प्रदेश सरकारले अघि सारेको छ । योजनामा बाल मृत्युदर ३० प्रतिशतमा झार्ने र खानेपानीको पहुँच ९५ प्रतिशतमा पु¥याउने लक्ष्य छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रदेशमा विद्युतीय बस, रेल सेवा, तीन मुख्य आर्थिक केन्द्र बनाउने आवधिक योजनाका रणनीति रहेको बताए । विकासका लागि सरकारी र निजी क्षेत्र प्रतिस्पर्धी मोडेलमा जाने रणनीति बनाएको छ । आर्थिक विकासका लागि ‘पब्लिक प्राइभेट पार्टरनसीप’को मोडल फेल खाइसकेको भन्दै उपाध्यक्ष श्रेष्ठले अव प्रतिस्पर्धी मोडेल अपनाउने रणनीति लिएको बताए । ती योजनाको लक्ष्य प्राप्तिका लागि पूर्वाधार र मानव संशाधन विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रदेशभित्रै प्राविधिक शिक्षाको उपलब्धता, स्वास्थ्य सेवा र बिमा, सरसफाईयुक्त जिल्ला, आधारभूत आवास, रणनीतिक सडक र नगरपालिकाका केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्यहरु राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here