Monday, April 22, 2024
Homeफिचरपशुमा कृत्रिम गर्भाधान

पशुमा कृत्रिम गर्भाधान

- Advertisement -spot_img

प्रजनन् प्रक्रियाका लागि विपरित लिङ्गी आवश्यक पर्छ । अहिलेसम्म चलिरहेको पनि त्यही नै हो । तर पछिल्लो समयमा प्रजनन् प्रणालीका लागि कृत्रिमता अपनाउन थालिएको छ । मानिसदेखि पशुसम्म अहिले यो प्रक्रियाले प्रभाव पार्दै आएको छ । मानिसमा टेस्टट्युब बेवीको रूपमा कृत्रिम गर्भाधारण गराइने गरेको छ भने पशुमा पनि भाले पशु उपस्थिति विना नै कृत्रिम रूपमा गर्भाधान गराउन थालिएको छ । यस्तो कृत्रिम गर्भाधानमा सबैको आकर्षण बढेको छ । पशुपालक किसानहरु यो आकर्षण बढिरहेको छ । यसमा भाले पशुको सहभागिता विनै, विना झन्झट पशुमा गर्भाधान गराउने सकिने भएपछि किसानहरू कृत्रिम गर्भाधानतर्फ आकर्षित भएको एक तथ्याङ्कले पनि पुष्टि गरेको छ । पशुको कृत्रिम गर्भाधान सेवा लिनेहरुको संख्या पनि बर्षेनी बढिरहेको देखिएको छ ।

सहज वातावरणमा पशुको कृत्रिम गर्भाधान हुने हुँदा विगतको झन्झटिलो पना पनि हटेर जान थालेकाले किसानहरू कृत्रिम गर्भाधानतिर आकर्षण भएको देखिन्छ । सबै प्रकारमा पशुहरुमा कृत्रिम गर्भाधान गर्न सकिन्छ भने त्यसबाट सहजरूपमा गराइने भएपछि पशुपालनका कृषकहरुलाई सहजता देखिएको छ ।


कृत्रिम गर्भाधानको आवश्यकता र महत्व सबैमा बढ्दै जान थालेपछि यसको फाइदा सबैले क्रमिक रूपमा लिदै जान थालेका छन् । दाङमा पनि यसको प्रयोग बढ्दै गएको देखिएको छ । सहज वातावरणमा पशुको कृत्रिम गर्भाधान हुने हुँदा विगतको झन्झटिलो पना पनि हटेर जान थालेकाले किसानहरू कृत्रिम गर्भाधानतिर आकर्षण भएको देखिन्छ । सबै प्रकारमा पशुहरुमा कृत्रिम गर्भाधान गर्न सकिन्छ भने त्यसबाट सहजरूपमा गराइने भएपछि पशुपालनका कृषकहरुलाई सहजता देखिएको छ । किसानहरु आधुनिक प्रविधिलाई आत्मसात गरेको पनि बुझ्न सकिन्छ । यसको आवश्यकता, महत्व र फाइदाका विषयमा कृषकहरु जानकार भएपछि यसको प्रयोग पनि बढ्दै गएको पशु प्राविधिकहरुको भनाइ रहेको छ । यसले किसानमा जागरुकता र सचेतना पनि बढाएको देखिन्छ । यसको उपयोगिता बुझेर ब्यवसायीक रुपमा पशुपालन गरेका किसानहरुले प्रयोग ल्याउँदा ब्यवसायलाई पनि फाइदा हुने र प्रविधिलाई पनि आत्मसात भएको हुनेछ ।
तुलसीपुर उपमहानगरपालिकाको पशु शाखाका अनुसार चालु आर्थिक वर्ष नौ महिनामा साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराइएको तथ्याङ्क सार्वजनिक भएको छ । यसले पनि कृत्रिम गर्भाधानमा किसानहरुको आकर्षण बढेको प्रष्ट छ । यसलाई अब अझ बढाएर सबै किसानसम्म यो सुविधा पु¥याएर सहज बनाउन लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here