Monday, April 22, 2024
Homeफिचरन सञ्चार, न बत्ती

न सञ्चार, न बत्ती

- Advertisement -spot_img

विकासको पर्खाइमा बस्तीखोला …
बस्तीखोला (दाङ), २२ असार । शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका टुलबहादुर घर्तीको उमेर पाँच दशक बढी भयो । उनलाई बस्तीखोलामा झलमल बिजुली बत्ती बलेको हेर्न मन छ,
अनि घरमै बसीबसी विदेशमा रहेका छोरालाई फोन गर्न मन छ, तर आफ्नो सपना पूरा हुन्छ की हुँदैन् भन्ने उनलाई नै शंका छ । उनले चुनावमा भोट दिएपछि गाउँमा बिजुली, बत्ती ल्याइदिन्छौँ, घरमै बसीबसी फोन गर्ने व्यवस्था गरिदिन्छौँ भन्ने आश्वासन पनि नपाएका पनि होइनन् नेताले बिर्सिसके होलान् तर उनले अझै पनि सम्झिरहेका छन् ।
‘चुनावको समयमा भोट माग्न आएका नेताले गर्नुभएको कुरा मैले अझै बिर्सेको छैन्, नेताले ल्याउने भनेको बिजुली बत्ती हेर्न मन छ, अनि मोवाइलमा विदेशमा भएको छोरासँग कुरा गर्न मन छ, खै कहिले होला त्यसको व्यवस्था ?’
उनले भने ‘खै बावु अहिलेसम्म यस्तै समस्या छौँ, समस्याका कुरै नगर्नुस्, समस्या त कति हो कति ?’ दाङ भौगोलिक हिसावले सुगम जिल्ला भनेर चिनिन्छ भने राज्यको माथिल्लो निकायमा नेतृत्व गर्ने नेता पनि दाङका छन् तर शान्तिनगर गाँउपालिका–३ बस्तीखोला अहिले पनि अभावै अभावमा रहेको छ ।
बस्ती खोलामा न फोनको सहज सुविधा छ, न त विद्युतको पहुँच, न त यातायातको सहज व्यवस्था नै । वर्षौदेखि विभिन्न अभावमा बस्तीखोलाका नागरिकले आफ्नो दैनिकी चलाएका छन् ।
चुनावका समयमा नेताले घर–घरमै विजुली बत्ती, फोनको टावर लिएर ल्याइदिने गरेको तर चुनावसँगै सबै नेताले लिएर जाने गरेको स्थानीय बेदबहादुर वलीले भने ‘खै कहिलेसम्म हो हामी त वषौँदेखि यस्तो समस्यामा छौँ कि कुरा तपाईसँग तीन दिनसम्म पनि सकिदैन् होला ? आखिर हामी पनि जनता न हो हामीले पनि राज्यलाई कर बुझाएका छौँ ।’

बस्ती खोलामा न फोनको सहज सुविधा छ, न त विद्युतको पहुँच, न त यातायातको सहज व्यवस्था नै । वर्षौदेखि विभिन्न अभावमा बस्तीखोलाका नागरिकले आफ्नो दैनिकी चलाएका छन् ।

तर राज्यले आधारभूत विकास पनि दिन सकेको छैन्, राज्यले फोनको समेत सहज सुविधा पु¥याउन नसक्नु भनेको राज्य जनताप्रति उत्तरदायी नभएको नै मानिन्छ ।
सञ्चारको दुनियामा विश्व जगत नै नजिक भइसकेको अवस्थामा बस्तीखोलाका नागरिक भने अहिले पनि फोन गर्नका लागि करिब आधा घण्टा हिडेर माथि डाँडामा पुग्नुपर्ने बाध्यता छ ।
‘छोरा विदेशमा छ, फोन गरौँ भन्दा आधा घण्टा हिडेर माथि डाँडामा पुग्नुपर्छ’ अर्का स्थानीय पिमा घर्तीले बताईन् । बस्तीखोला वर्षौदेखि विकासको पर्खाइमा छ ।
देशमा थुपै्र परिवर्तन भए, गाउँ–गाउँमा विकास गर्न तीन तहका सरकार गठन भएका छन् तर बस्तीखोलाका नागरिकले भने विकासको अनुभूति कहिल्यै गर्न पाएका छैनन् ।
बस्तीखोला मात्रै नभई वडालाई नै विद्युतले छुन नसकेको स्थानीयले बताएका छन् । बिजुली, बत्ती नहुँदा बस्तीखोला बस्ती अध्याँरोमा छ । स्थानीय कतिपयले सोलारको बत्तीबाट दैनिकी चलाएका छन् भने कतिपयले टुकीको बत्तीमै गुजारा चलाएका छन् ।
दाङका अन्य ठाउँमा विकास निर्माण भएका कुरा विभिन्न सञ्चारमाध्यमबाट सुन्ने गरेका बस्तीखोलाका नागरिक आफ्नै गाउँको विकासको समाचार सुन्न पाएका छैनन् । नीति र नेतृत्व फेरियो तर बस्तीखोलाका नागरिकको दैनिकी अझैपनि फेरिन सकेको छैन् ।
स्वास्थ्य उपचारका लागि करिब दुई घण्टा हिडेर स्वास्थ्य संस्थामा सिटामोल खानुपर्ने बाध्यता भएको अर्का स्थानीय तिला विकले बताईन् । ‘सिटामोल खान दुई घण्टा हिड्नुपर्ने बाध्यता छ,
अरु थप उपचार पाउन त तुलसीपुर नै पुग्नुपर्ने बाध्यता छ’ उनले भनिन् ‘नयाँ व्यवस्था आयो भन्छन्, के हो त्यो नयाँ व्यवस्था ? भनेको हामीले केहि पाएका छैनौ त बाबु ।’
यस्तै बस्तीखोलामा सडकको भरपर्दो अवस्था अहिले पनि छैन् । सडक पुगेका स्थानमा पनि सडक हिउँदमा मात्रै सञ्चालन हुने भएकाले स्थानीयले सास्ती पाएका छन् ।
सडक भरभर्दो नहुँदा स्थानियले सास्ती पाउने गरेका छन् सडकको अवस्था सुधार हुन नसक्दा दैनिक आवश्यक सामग्री ढुवानीमा समेत समस्या हुने गरेको स्थानीयले बताएका छन् । बस्तीखोलाका नागरिकले सडक, विद्युत्, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता तत्काल पूरा गरिदिन आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here