Monday, April 22, 2024
Homeफिचरन रकम, न पाठ्यपुस्तक

न रकम, न पाठ्यपुस्तक

- Advertisement -spot_img

पाठ्यपुस्तक खरिदमा स्थानीय तहको वेवास्ता …
दाङ, ६ बैशाख । जिल्लाका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तकको उपलव्धता शुन्य देखिएको छ । नयाँ शैक्षिक शत्र सुरु भईसक्दा पनि समयमै पाठ्यपुस्तकका लागि स्थानीय तहले रकम निकासा नगर्दा स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
अहिले सामुदायिक विद्यालयहरु नयाँ पाठ्यपुस्तक विहीन भएका छन् । स्थानीय तहमा कर्मचारी नहुँदा र पुस्तक खरिदका लागि कर्मचारी भएका तहले पनि चासो नदिदा यो समस्या देखिएको हो ।
भर्ना अभियान सुरु भएको यति दिन बितिसक्दा पनि सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक खरिदका लागि रकम उपलव्ध नहुनु र पाठ्यपुस्तकको गराउन सकिएको छैन ।
नयाँ शैक्षिक सत्र सुरु भईसक्दा पनि पाठ्यपुस्तकका लागि विद्यालयको खातामा रकम नआउँदा कतिपय विद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलब्ध गराउने प्रयास गरिरहेका छन् ।
तर कतिपय विद्यालयहरु स्थानीय तहहरुको भरमा पाठ्यपुस्तक निकासाको पखाईमा बसेको बताउँछन् भने पालिकाहरु कर्मचारीको अभावमा खड्किएका छन् ।
कर्मचारी समायोजनका कारण लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकामा रहेका कुनै पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको दंगीशरण गाउँपालिकाका शिक्षा शाखाका चक्रबहादुर भण्डारीले जानकारी दिए । ‘हामीले आर्थिक कारोबार हेर्न नमिल्ने हुँदा समस्या भएको छ’ उनले भने
‘समायोजनले कर्मचारी नहुँदा विद्यालयमा पाठ्यपुस्तकका लागि रकम उपलव्ध गराउन सकिएको छैन ।’ जसका कारण विद्यार्थीहरु भर्ना हुँदै रित्तै हात फर्किरहेका छन् । सरुवा भएर जाने कर्मचारी जाने तर आउने कर्मचारी समयमै नआउँदा यस्तो प्रत्यक्ष प्रभाव विद्यार्थीको शैक्षिक भविष्यमा देखिएको उनले बताए ।

स्थानीय गाउँपालिका तथा पालिकाहरु भने पाठ्यपुस्तक खरिदमा चासो नदिदा केही समस्या हुँदै आएको छ ।

शान्तिनगर गाउँपालिकामा पनि पाठ्यपुस्तकको लागि रकम निकासा हुन सकेको छैन । गाउँपालिकामा कार्यरत लेखा अधिकृत सरुवा भएर अन्यत्रै गएपछि शान्तिनगरमा पाठ्यपुस्तकको निकासा शुन्य देखिएको हो ।
‘अब लेखा अधिकृत आएर काम थालेपछि मात्रै पाठ्यपुस्तकका लागि रकम सहजै निकासा हुन्छ’ शिक्षा शाखा प्रमुख घनश्याम ओलीले भने ‘हामी त अक्कवक्क भएर बसेका छौँ ।
न रकम उपलव्ध गराउन सकिएको छ, न त किताब ।’ कतिपय विद्यालयहरुले उधारोमा नै किताव खरिद गरी विद्यार्थीलाई प्रदान गरिरहेको उनले बताए ।
तर तुलसीपुर उपमहानगरले भने करिब ५० प्रतिशत रकम विद्यालयको खातामा पठाएको जानकारी दिएको छ ।
बाँकी ५० प्रतिशत विद्यालयको विद्यार्थी भर्ना विवरणका आधारमा पठाइने तुलसीपुर उपमहानगरपालिकाका स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए । जेठ ७ गतेसम्म भर्ना हुने विद्यार्थीको विवरणका आधारमा थप रकम उपलब्ध गराउने उनले बताए ।
यस्तै राप्ती गाउँपालिकामा रहेका विद्यालयले भने करिब ७५ प्रतिशत पाठ्यपुस्तक प्राप्त गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख फनेन्द्रराज देवकोटाले बताए ।
भर्ना कार्यक्रम लगत्तै पठनपाठनका कार्यक्रमहरु सञ्चालन हुने तयारी भईरहँदा विद्यालयमा पाठ्यपुस्तकको समस्याले सबैलाई चिन्तित बनाएको छ । स्थानीय गाउँपालिका तथा पालिकाहरु भने पाठ्यपुस्तक खरिदमा चासो नदिदा केही समस्या हुँदै आएको छ ।


शुन्य पाठ्यपुस्तक

इन्द्र बुढाथोकी

सल्यान, ६ सल्यान । सल्यान वनगाड कुपिण्डे नगरपालिकाले कुनै पनि विद्यालयलाई पाठ्यपुस्तकका लागि रकम उपलब्ध गराएको छैन । स्थानीय तहले नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक, छात्रवृत्ति लगायतको रकम विद्यालयलाई उपलव्ध नगराउँदा नगरपालिकामा रहेका ६५ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको हो ।
हरेक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरेको छ । तर कतिपय स्थानीय तहले यसलाई बेवास्ता गरेकै कारण विद्यार्थीको पठनपाठनलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।
गत चैत १४ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली सरुवा भई अन्यत्र गएसँगै अहिलेसम्म नयाँ प्रमुख प्रशासकीय नआउँदा यस्तो समस्या आएको नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।
विद्यालयमा मात्र नभई नगरपालिकाभित्रका विकास निर्माणदेखि अन्य काममा पनि निकै समस्या भएको पुनको भनाइ छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा एक महिना अगाडि नयाँ पाठ्यपुस्तक खरिदका लागि नगरपालिकाले समयमै नयाँ पाठ्यपुस्तकका लागि रकम उपलब्ध नगराउँदा बालबालिकाको पठनपाठनमा नकारात्मक प्रभाव पार्ने सामुदायिक विद्यालयका शिक्षकहरुको भनाइ छ ।
स्थानीय सरकार सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर नभएको समेत उनीहरुले बताएका छन् । विद्यालयमा पाठ्यपुस्तक नभएपछि विद्यार्थी भर्ना गर्दै हात–हातमा किताब दिने बेला विद्यालयहरुले विद्यार्थीहरुलाई भर्ना गर्दै खाली हात घर फर्काउने गरेका छन् ।
देशभरी नै नयाँ पाठ्यपुस्तकको अभाव भइरहेका बेला पाठ्यपुस्तकको पैसा नपठाइएकाले यस बर्ष पनि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन नसक्ने अवस्था सिर्जना भएकोले पठनपाठनमा समेत समस्या आउने विद्यालयहरुको भनाइ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here