Friday, April 26, 2024
Homeफिचरन प्रधानाध्यापक, न तलब

न प्रधानाध्यापक, न तलब

- Advertisement -spot_img

धमकापुर विद्यालय नेतृत्वविहीन …
तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहानगरपालिका–१५ डुरुवा धमकापुरमा रहेको एक सरकारी विद्यालय नेतृत्वविहीन भएको छ । विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालय सञ्चालनमा समस्या देखिएको छ । आधारभूत विद्यालय धमकापुरका तत्कालिन प्रधानाध्यापकलाई तुलसीपुर उपमहानगरपालिकाले सरुवा गरी अन्यत्रै पठाएपछि विद्यालय प्रधानाध्यापकविहीन अवस्थामा सञ्चालन भइरहेको छ । विद्यालयमा प्रधानाध्यापक नहुँदा प्रशासनिक तथा आर्थिक काम समस्या भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहित कुमार चौधरीले बताए । विद्यालयमा भएका स्थायी शिक्षकहरुले नेतृत्व लिन नमान्दा र अस्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिन खोज्दा तुलसीपुर उपमहानगरले प्रक्रिया रोकिदिएको चौधरीले बताए । उनले विद्यालयमा प्रधानाध्यापक नहुँदा मंसिर महिनादेखि शिक्षकहरुले तलब खाना नपाएको र विद्यालयले आवश्यक प्रशासनिक तथा आर्थिक कामसमेत गर्न नपाएको सुनाए । आवश्यक सामग्रीसमेत किन्नबाट बञ्चित भएको छ उनले भने, यो अवस्थामा कसरी विद्यालय चलाउने ?
विद्यालयको खातासमेत सञ्चालन हुन नसक्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको धमकापुर आधारभूत विद्यालय विगत दुई महिनादेखि विद्यालयमा सकस छ । उपमहानगरपालिकाले यो विषयमा प्रभावकारी कदम नचाल्दा र जिम्मेवार नबन्दा विद्यालय नेतृत्वविहीन भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चौधरीले गुनासो गरे । विद्यालयका तत्कालिन प्रधानाध्यापक शालिकराम डाँगीको उपमहानगरले सरुवा गरेपछि विद्यालयमा नेतृत्वको समस्या भइरहेको छ ।

विद्यालयमा भएका स्थायी शिक्षकहरुले नेतृत्व लिन नमान्दा र अस्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिन खोज्दा तुलसीपुर उपमहानगरले प्रक्रिया रोकिदिएको चौधरीले बताए ।

प्रधानाध्यापकको लागि समितिले गरेको निर्णय उपमहानगरको शिक्षा शाखा र शिक्षा समितिले रोकिदिए पछि झनै समस्या भएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार नयाँ प्रधानाध्यापकका लागि विद्यालयले बारम्बार उपमहानगरसँग अनुरोध गरेको भएपनि यसको समाधान हुन सकेको बताए । जसका कारण विद्यालय प्रधानाध्यापक बिनानै सञ्चालन भइरहेको छ । विद्यालयका हरेक गतिविधि तथा कार्ययोजनाहरु अगाडि बढ्न नसकेको बताए । विद्यालयमा रहेका तीनजना स्थायी शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी नलिने निर्णय गर्दे राहत शिक्षक हरा चौधरीलाई बनाउन विद्यालय व्यवस्थापन समितिमा निवेदनसमेत दिएपछि समितिले उनकै नाममा सहमति जनाएर नगरमा सिफारिस गरेको अध्यक्ष चौधरीले बताए ।
विद्यालयमा शिक्षक, शिक्षिका गरी १२ जना कर्मचारीहरु रहेका छन् । समयमै प्रधानाध्यापकको व्यवस्था हुन नसक्दा शिक्षक एवं कर्मचारीहरुले दुई महिनादेखि तलबसमेत पाएका छैनन् । जसका कारण विद्यार्थीहरु प्रत्यक्ष प्रभावित भएका छन् । प्रअको व्यवस्थापनका लागि विद्यालयले नगरमा शिक्षिका हरा चौधरीलाई प्रस्ताव गरेको थियो । चौधरीलाई प्रअको नियुक्तीका लागि नगरमा प्रस्ताव पेश गरिएको छ । तर नगरले विभिन्न बहाना बनाउँदै प्रअको व्यवस्थापनमा ढिलाइ गरिरहेको विव्यस अध्यक्ष चौधरीले जानकारी बताए । चौधरीले कि विब्यसको निर्णयलाई कार्यान्वयन गरिदिनु पर्ने हैन भने प्रअको अर्काे ब्यवस्था तत्काल उपमहानगरसँग आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले धमकापुरमा प्रधानाध्यापकको समस्या रहेको बताए । उनले कानुन अनुसार स्थायी शिक्षकलाई मात्रै प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्ने रहेको तर धमकापुरमा राहत शिक्षकलाई प्रअको सिफारिस भएकाले जिम्मेवारी दिन नसकिएको बताए । उनले अस्थायीलाई प्रअ तोक्दा तुलसीपुरका केही विद्यालयमा अख्तियारले समेत चासो दिएकाले कार्यपालिकाले निर्णय नै गरेर स्थायीलाई मात्रै प्रधानाध्यापकको जिम्मा दिने भएको उनले बताए । गौतमले विद्यालयमा भएका स्थायी शिक्षकहरुबाटै धमकापुरमा प्रधानाध्यापकको व्यवस्थापन हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here