Sunday, April 21, 2024
Homeफिचर‘नो लोकेशन बोर्ड’

‘नो लोकेशन बोर्ड’

- Advertisement -spot_img

पर्यटन प्रवद्र्धनमा कम चासो …
घोराही, १८ जेठ । दाङमा पर्यटन विकासको लागि भनेर करोडाँै रुपैयाँ छुट्याएको छ । पर्यटन क्षेत्रको पूर्वाधारदेखि त्यहाँ पुग्नेसम्मको सडकको निर्माण कार्यलाई प्राथमिकता दिईन्छ ।
पर्यटन प्रवद्र्धन तथा विकासको लागि करोडौ रुपैयाँ खर्च गरेर योजना बनाइन्छ । तर यहाँका पर्यटन क्षेत्रका सम्बन्धित सरोकारवालाहरुले एउटा सामान्य कुरा ध्यान पु¥याउन सकेका छैन् ।
सामान्य लाग्ने तर अति महत्वपूर्ण ‘लोकेशन बोर्ड’को व्यवस्था गरिएको छैन् । जसका कारण आन्तरिक तथा बाह्य पर्यटनहरुले निकै सास्ती भोग्नु परेको छ । जिल्लाको कुनै पनि पर्यटन क्षेत्रमा पुग्नको लागि सहज छैन ।
कारण हो ‘लोकेशन बोर्ड’ नहुनु । पर्यटकहरु कुनै पनि पर्यटन क्षेत्रमा पुग्नुपर्ने लाग्ने समयको दोब्वर तेब्बर समय लगाएर पुग्ने गर्छन् । केही दिन पहिले गुल्मीकी निरु केसी घोराही उपमहानगरपालिका वडा नं. ५ मा पर्ने पाण्डवेश्वर मन्दिरमा घुम्नको लागि भनेर घोराही आईपुगिन ।
एशियाकै अग्लो त्रिशुल अवलोकन गर्न र पाण्डवेश्वर मन्दिरको दर्शन गर्नको लागि आफ्नो व्यस्त समय निकालेर यहाँ आएकी थिईन् उनी । तर उनी धेरै समय अलमलिनु प¥यो ।
पाण्डवेश्वर मन्दिर पुग्नको लागि कुनै पनि स्थानमा सूचना बोर्ड राखिएको थिएन् । घोराही बजारदेखि आठ किलोमिटर मात्रै रहेको मन्दिरमा लोकेशन पत्ता लगाउन नसक्दा मन्दिर अवलोकन गरेर फकिर्ने आधा भन्दा बढी समय खेर गयो ।

जिल्लाको कुनै पनि पर्यटन क्षेत्रमा पुग्नको लागि सहज छैन । कारण हो ‘लोकेशन बोर्ड’ नहुनु ।

‘मन्दिर बजारदेखि धेरै टाढा लागेन’ उनले मन्दिर पुगिसकेपछि भनिन् ‘लोकेशन बोर्ड नहुँदा पत्ता लगाउन गाह्रो भयो ।’ पहिलो पटक घोराही आएकी उनले मानिसले भनेको आधारमा पत्ता लगाउन गाह्रो हुने बताईन् ।
उनी एक दिनको लागि भने मन्दिर तथा त्रिशुलको अवलोकन गर्नको लागि आएकी थिईन् तर लोकेशन बोर्ड नहुँदा धेरै समय अलमलिनु पर्दा खल्लो महशुस गरिन् ।
त्यस्तै भालुवाङका महेश शर्मा र उनका साथीहरु तुलसीपुरमा रहेको चमेरे गुफा अवलोकन गर्नको लागि तुलसीपुर आए । भालुवाङदेखि तुलसीपुर हाईवेय पर्ने भएकाले कुनै समस्या भएन् ।
त्यसपछि उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटको महाभारत पर्वत श्रृंखलामा अवस्थित चमेरे गुफा पत्ता लगाउन हम्मे–हम्मे प¥यो ।
गुफा तुलसीपुर उपमहानगरपालिकादेखि करिव १५ किलोमिटर उत्तर–पूर्वमा पर्छ । तर त्यसको लोकेशन बोर्ड नहुँदा निकै सास्ती भोग्नुप¥यो । ‘सदरमुकाम छोडेपछि लोकेशन बोर्ड हुनु पर्ने’ शर्माले भने ‘गाउँमा सोध्दै जाँदा निकै सास्ती भयो ।’
पहिलो पटक घुम्न आईएको हुन्छ लोकेशन पत्ता लगाउन नसक्दा धेरै तनाव भएको उनले बताए । ‘गुफामा पुग्नको लागि दायाँ साईडको बाटोबाट मोड्नु पर्ने रहेछ’
उनले भने ‘फेरी अर्को मोड आयो कहाँ जाने कहाँ ?’ पर्यटन स्थलमा लोकेसन वोर्ड राखेको भएका सहज हुने र छिटो पुगिने र घुम्ने समय बच्ने उनले बताए ।
पर्यटन स्थलका लोकेशन नहुँदा सास्ती भोग्नु परेको । केही दिन मात्र पहिले गढवा गाउँपालिकामा पर्ने जंगलकुटीको पर्यटन प्रचारप्रसार गर्ने भन्दै नेपाल पत्रकार महासंघ दाङले नयाँ वर्षको शुभकामना आदानप्रदान राख्यो ।
तर त्यहाँ पुग्नको लागि पनि लोकेशन पत्ता लगाउन गाह्रो भयो । जंगलकुटीको बाघना बाबा मन्दिर एकदमै चर्चित छ । तर त्यहाँ पुग्नको लागि जो कोहीलाई सहज छैन् । ‘गाउँका भित्रि सडकमा ट्रयाक खोलिएका छन्’
पत्रकार महासंघका पूर्व अध्यक्ष पीडितले झर्को मान्दै भनेका थिए ‘हत्तेरिका गाउँपालिकाले त लोकेशन वोर्ड राख्नुपर्छ ।’ त्यहाँ पुग्नकोे लागि प्रत्येक मोडमा गाडी रोक्दै गाउँका मान्छे खोज्दै लोकेशन पत्ता लगाउनु परेको थियो । दाङका अधिकांश पर्यटन क्षेत्रमा लोकेशन बोर्ड छैनन् ।
दाङ पर्यटन प्रवद्र्धनको लागि राम्रो सम्भावना भएको जिल्ला मानिन्छ । त्यति मात्रै होईन् यहाँको पुरातात्विक अध्ययनको लागि महत्वपूर्ण मानिन्छ । तर यहाँका सरोकारवालाहरुले त्यहाँसम्म पुग्नको लागि कुनै पनि लोकशन बोर्ड नहुँदा समस्या भएको छ ।
दाङको पर्यटन क्षेत्र पनि हेदै आएको वन डिभिजन कार्यालय दाङ (घोराही) का प्रमुख दिपक ज्ञवालीले पर्यटन क्षेत्रको पूर्वाधारको लागि मात्रै योजना बनाएको वताए ।
‘योजनाहरुमा प्रचार प्रसारमा सम्बन्धित पर्यटन क्षेत्रको लोकशन, किलोमीटर, पर्यटन स्थलमा पुग्ने सडकको लागि चिन्ह जस्ता वोर्डहरु राखिनु पर्ने हो’ उनले भने ‘तपाईहरुले राम्रो विषय उठाउनु भएको छ,
अब योजना माग गर्न आउँदा स्थानीय सरकारलाई पनि अनुरोध गर्छौ ।’ दाङका अधिकांश पर्यटन स्थलमा लोकेशन वोर्ड, किलोमीटर, मोड आउने सडकमा पर्यटक स्थल जाने चिन्ह नछुट्याउँदा बाह्य तथा आन्तरिक पर्यटकहरुलाई निकै सास्ती भोग्नुपरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here