Thursday, April 25, 2024
Homeविचारनीति र विधि सम्बद्ध हुनुपर्दछ

नीति र विधि सम्बद्ध हुनुपर्दछ

- Advertisement -spot_img

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

हुकुम बस्नेत
प्रमुख
स्थानीय तह विभाग

हामीभित्र अर्थात् नेकपा दाङभित्र अहिले कुनै समस्या छैन् । दाङमा नेकपाको नेतृत्व छनौट निकै उदाहरणीय छ । देशमा भएका दुई ठूला पार्टीको एकीकरण जिल्ला तहसम्म आइपुग्दा केही सामान्य किसिमका असन्तुष्ट आवाजहरु आएपनि अरु खासै ठूलो समस्या देखिएको छैन् ।
हामीले साना भन्दा साना समस्यालाई पनि समाधान गरेर गएका छौँ । त्यसैले जिल्लादेखि स्थानीय तहसम्मको नेतृत्व छनौट नीति र विधिसम्वत् छ । जनताले हामीलाई दिएको म्याण्डेट पूरा गर्न हामी एकीकरणसँगै लैजाने कोशिस गरेका छौँ । अब अहिले तपाईले भनेको जस्तो सामाजिक सञ्जालमा केहि विरोधाभासका आएका भएपनि हामीले त्यसलाई सम्बोधन गर्नुपर्छ र गरेका छौँ ।
खासगरी सामाजिक सञ्जालभन्दा पनि आपसी समझदारीमा ति असन्तुष्ट स्वरहरुलाई हामीले सम्बोधन गर्नुपर्छ । केहि रुपमा भएपनि असन्तुष्ट आवाज निस्कनु सामान्य कुरा हो । कम्युनिष्टहरुमा यस्तो पनि हुनुपर्छ ।
किनकी आफूलाई मनमा लागेका कुराहरुलाई खुल्लारुपमा प्रस्तुत गर्नुपर्छ र मात्रै पार्टीभित्र सबैका विचार अट्ने र अटाउने हुन्छ । त्यस्ता सामान्य कुरामा पनि हामीले बडो संवेदनशील भएर काम गरिरहेका छौँ ।
हामीभित्र कसैलाई विभेद छैन् सबै सम्मानपूर्वक ढंगले अटाएका छौँ । अब खासगरी दुई ठूला फरक–फरक पार्टी निकै संक्रमणकालिन अवस्थामा एक भएको हो ।
जनताले पनि ठूलो मतका साथ हामीलाई नीति निर्माण तहमा पु¥याइसकेपछि हामी सानो कुरामा अल्झिन हुँदैन् । जनताका सपनालाई साकार पार्नलाई परिवारभित्रको विवादलाई बाहिर छताछुल्ल अवस्थामा जाने वातावरण हामी नेतृत्वबाट हुनुहुँदैन् र छैन् पनि । हामीले सकेसम्म सबैका विचारलाई सम्बोधन गरेर लैजान कोशिस गरेका छौँ गरिरहने छौँ ।
नेकपाको अहिलेको नेतृत्व अन्तरिम विधान अनुरुप छनौट भएको हो । अब छ महिनापछि महाधिवेशन भएपनि मात्रै विधानले पनि अन्तिम रुप पाउने छ ।
दाङमा नेकपाको नेतृत्वमा जम्बो सदस्य भए भन्ने गुनासो भएपनि हामीले त्यस्तो मानेका छैनौँ । प्रशस्त सम्भावना बोकेको दल नेकपाले सबैका मागलाई सम्बोधन गर्दै नेतृत्व छनौट गरेको छ ।
अब हामीले वडास्तरको नेतृत्वलाई अन्तिम रुप दिने तयारी थालिरहदा पनि विभिन्न नेतृत्वसँग छलफल गरेर जाने छौँ । जसले गर्दापनि हामीभित्र देखिने पारदर्शिता स्पष्ट हुन्छ ।
नेकपामा टुटफुट र गुट कसैको सम्भावना छैन् । लोकतन्त्रमा सबैको सल्लाह र सुझावले मात्रै काम गर्नुपर्छ हामीले पनि त्यसै सिद्धान्तलाई आत्मसात गरेर काम गरिरहेका छौँ । त्यसले पनि हामीभित्रको स्पष्ट धारणाले नेकपालाई नै थप बलियो बनाउन मद्दत पुग्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here