Monday, April 22, 2024
Homebreaking-newsनरैनापुरमा थप ४७ जनामा संक्रमण

नरैनापुरमा थप ४७ जनामा संक्रमण

- Advertisement -spot_img

बाँके, ५ जेठ ।
बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । नरैनापुर क्षेत्रका २७३ को स्वाव संकलन गरी भेरी अस्पतालमा ल्याइएको थियो ।

जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुर कोरोनाको हटस्पट बनेको छ । बाँकी ८१ जनाको स्वाव परिक्षण प्रक्रियामा रहेको भेरी अस्पतालले जनाएको छ ।

कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षण भएको थियो ।

एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई ‘हटस्पट’ घोषित गरी थप सतर्कता अपनाउन स्थानीयहरुले माग गर्न थालेका छन् ।

मन्त्रालयद्वारा थपिएका संक्रमितमध्ये ४७ जना बाँके नरैनापुरका, १ जना मोरङ, १ जना गुल्मी, १ जना दाङ, अन्य २ जना रौतहट र अर्का १ जना धनुषाका रहेको जानकारी दिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here