Monday, April 22, 2024
Homeफिचरनयाँ विद्यार्थीलाई डिभाईनमा स्वागत

नयाँ विद्यार्थीलाई डिभाईनमा स्वागत

- Advertisement -spot_img

तुलसीपुर, २० साउन । तुलसीपुरमा रहेको डिभाईन टेम्पल एकेडेमीका कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । उनीहरुले कक्षा ११ का विद्यार्थीलाई घोराहीस्थित बाह्रकुने दहमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरेका हुन् ।
कक्षा १२ का छात्र चिरन केसीको अध्यक्षता तथा एकेडेमीमा प्रिन्सिपल भोजराज न्यौपानेको प्रमुख अतिथ्यतामा स्वागत कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानले विद्यार्थीहरुलाई विद्यालयको प्रगति विवरण र भावी योजनाबारे जानकारी गराएका थिए ।
त्यस्तै विद्यालयका एकेडेमिक कोअर्डिनेटर कुलानन्द अधिकारी र श्रीगाउँ माविका गणित शिक्षक एवं एकेडेमीका शुभचिन्तक देवराज गौतमले डिभाईन टेम्पल एकेडमीको शिक्षामा दिएको गुणस्तरताले नै समाजमा स्थापित भएको बताए ।
कार्यक्रममा तुलसीपुर रोजगार शाखाका प्रमुख एवं एकेडेमीका शिक्षक भागवत घिमिरे, सिद्धार्थ बैंकका लोन अफिसर एवं एकेडेमीका शिक्षक सागर न्यौपाने, विद्यार्थी डिला अधिकारीले एकेडेमीको प्रगति र सफलताको राज ब्यक्त गर्दै नवआगुन्तक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
कक्षा १२ का छात्रा रितिका बस्नेतको स्वागत मन्तव्यबाट शुरु गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं सम्मान गरेका थिए भने विभिन्न गीत, नृत्यबाट कार्यक्रममा साँस्कृतिक मनोरञ्जन प्रदान गरेका थिए ।
विद्यालयले विद्यार्थीहरुलाई फिल्ड भिजिटअन्तर्गत ज्यामिरे दहसम्म पदयात्रा गराइएको थियो । गत बर्षदेखि कक्षा ११ सञ्चालक गरेको डिभाईन टेम्पल एकेडेमीले ब्यवस्थापन र मानविकीतर्फ कक्षाहरु सञ्चालन गरेको छ । कार्यक्रमको सहजीकरण कक्षा १२ का तुलसीराम भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here