Sunday, April 21, 2024
Homeफिचरधान खेतभरी प्लाष्टिक

धान खेतभरी प्लाष्टिक

- Advertisement -spot_img

घोराही,११ भदौ । घरायसी प्रयोग गरेर निस्केका फोहरहरु खोला तथा कुलामा फाल्दा त्यसको प्रत्यक्ष मारमा किसानहरु परेको छ । घरायसी र कार्यालयको फोहरका कारण घोराहीका किसानहरु समस्यामा परेका छन् । खोलाको पानी कुला बनाएर खेतमा सिंचाई गर्नेक्रममा पानीसँगै घरायसी प्रयोग गरिएका नगल्ने फोहरहरु सिसा, बोतल पानीसँगै खेतमा पुग्दा किसानहरु हैरानीमा छन् । नगल्ने सामानहरु प्लाष्टिकका बोतल, सिसाका बोतल, चिसो पेय पदार्थका बोतलहरु खेतमा यत्रतत्र छरिदा उत्पादनमा समेत समस्या हुने भन्दै यसलाई घोराही उपमहानगरपालिकाले ब्यवस्थापन गर्नुपर्ने किसानहरुले बताएका छन् । धान खेतमा प्लाष्टिकका बोतलमात्रै होइन, कपडा, सिसाका बोतल, सेम्पु, सूर्तिका खोलाहरुले खेतमा भरिएका छन् । ठूलो बर्षाको परेको समयमा प्लाष्टिक र बोतलहरुले कुलामा जाम हुँदा धान रोपेको अन्य गराहरुको समेत नोक्सानी पुगेको छ । गाँउका खेतहरुमा सिंचाईको लागि खोलाहरुमा ठूला–ठूला बाँध बाँधेर ठूला कुला बनाएर खोलाको पानी खेतसम्म पु¥याउने हुँदा पानीसँगै प्लाष्टिक र सिसाजन्य वस्तु खेतमा जाँदा खेतमा पस्नसमेत समस्या भएको स्थानीय किसान हरिजन रोकाले बताए । ‘खेतमा पानीसँगै नगल्ने फोहर पस्दा कृषकहरुमा ठूलो सास्ती छ’ उनले भने ‘हिजोआज किसानहरु दिनचर्या खेतमा पानी चाहर्ने र गोडमेल गर्नेभन्दा खेतमा प्लाष्टिक फाल्ने काममा व्यस्त हुनु पर्ने अवस्था छ ।’ सबैभन्दा बढी मारमा घोराही उपमहानगरपालिका वडा १४ को रतनपुर क्षेत्रमा देखिएको छ । त्यहाँका कृषकहरुले खेतमा पानीको कुलोसँगै मिसिएर आएको प्लाष्टिक हटाउन मै व्यस्त छन् । खेतको आली तथा खाली भागमा खेतबाट निकालिएका फोहर थुपारिएका छन् ।

कुलो नजिकै बस्ने व्यक्तिहरुले प्लाष्टिकका फोहरहरु कुलामा फाल्ने गरेको कृषकहरुको आरोप छ । खेतमा धेरैजसो पानीको बोतल, पेय पदार्थका बोतल, मादकपदार्थका सिसाका बोतलहरु छन् । त्यस्तै फोहर कपडाहरु पनि फालिएका छन् भने प्लाष्टिकहरु पनि छन् ।


कति किसानको त खेतबाट फोहर हटाउने क्रममा सिसाले खुट्टासमेत काटिएको छ । ‘कुलोसँगै बगेर आएको प्लाष्टिकले धानको बोटसमेत देखिदैन । घोराही झिंगौराका कृषक लालबहादुर चौधरीले खेतमा रहेका प्लाष्टिक देखाउँदै भने ‘पानीको आएर खेत भरिएको समयमा त प्लाष्टिकले धानको बिऊ नै ढाकिएको हुन्छ ।’ प्लाष्टिकले धानको बिऊ पुरिएको सेतै देखिने गरेको उनले बताए । ‘ससाना शुद्ध प्लस, भोला, सेम्पुको खोस्टाहरुले खेत भरिएको छ, यसलाई कसरी हटाउने हो ? रतनपुरस्थित करिव दुई बिगाह खेत छ । त्यो खेतलाई सिंचाई गर्न सेवार खोलामा बाँध बाँधेर त्यहाँको पानी खेतमा ल्याएको बताए । खोलासँगै आएको प्लाष्टिक र घरमा प्रयोग गरिएका नगल्ने फोहर पनि कुलोमा नै फाल्ने हुँदा खेतमा आउने गरेको उनले बताए । फोहरहरु डम्पिङ साइटमा लगेर फाल्नुको साटो खेतमा सिंचाई गर्ने कुलोमा फोहर फाल्नु ठिक नभएको अर्का कृषक बलबहादुर चौधरीले बताए । ‘अहिले फालेको प्लाष्टिकको असर पछिसम्म पर्छ’ उनले भने ‘खेतमा सिसाका टुक्राहरु छन्, कसरी गोडमेल गर्ने हो ?’ उनले आक्रोसित हुँदै भने ‘खेत जोत्दा सिसाले खुट्टा काट्ने सम्भावना हुन्छ ।’ खेतबाट निकालिएको प्लाष्टिकको थुप्रोको फोहर व्यवस्थापन गरिदिन र कुलो तथा खेतमा फोहर नफाल्न अनुरोधसमेत गरेका छन् । त्यहाँका कृषकहरु कुलोको नजिकै घर पर्ने मध्य कसले बढी फोहर फाल्छ भनेर अनुगमन गरेको समेत बताए । कुलो नजिकै बस्ने व्यक्तिहरुले प्लाष्टिकका फोहरहरु कुलामा फाल्ने गरेको कृषकहरुको आरोप छ । खेतमा धेरैजसो पानीको बोतल, पेय पदार्थका बोतल, मादक पदार्थका सिसाका बोतलहरु छन् । त्यस्तै फोहर कपडाहरु पनि फालिएका छन् भने प्लाष्टिकहरु पनि छन् । घोराही उपमहानगर वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले खेतमा रहेको फोहरहरुको अनुगमन अनुसन्धान गरेर व्यवस्थापन गरिने बताए । ‘त्यो फोहर खेतमा कहाँबाट कसरी खेतमा पुग्यो ? नगरबासीलाई गल्ने र नगल्ने फोहर व्यवस्थापनको लागि सचेतसहित व्यवस्थापन पनि गराएका छौँ’ उनले भने ‘पहिले फोहर फाल्ने व्यक्तिहरुलाई पत्ता लगाएर त्यसको व्यवस्था गर्छौ ।’ कुनै पनि फोहरुहरु जथाभावी फाल्न नहुने बताए । घोराही उपमहानगरपालिका वडा नम्बर १३, १८, १९, १४ र १५ वडाबाट फोहर रतनपुरको खेतमा जाने हुँदा त्यसको ब्यवस्थापन गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here